Home जिल्ला समाचार शिक्षकको यातनाबाट विद्यार्थीको आखाँ नजिक चोट

शिक्षकको यातनाबाट विद्यार्थीको आखाँ नजिक चोट

११ मंसिर, कपिलवस्तु।
कपिलवस्तुमा शिक्षकको कुटाईबाट कक्षा ३ मा पढ्ने एक विद्यार्थीको आखाँ नजिक ठूलो चोट लागेको छ । बिद्यालयमा पढाउने क्रममा बाहिरबाट ढिला आएको र नसोधी गएको भनि कपिलवस्तु नगरपालिका ९ मा रहेको कनकमूनि माध्यमिक बिद्यालयका शिक्षक चन्द्रप्रकाश उपाध्यायले डेस्कमा टाउको ठोकाएर यातनादिदा चोट लागेको हो । सो घटनावाट ३ कक्षामा अध्ययनरत् ९ बर्षिय विद्यार्थी श्यामबिहारी बरईलाई चोट लागेको हो ।


बिद्यार्थी बरईले आफ्ना आमाबुबा समक्ष आफ्नो नर्सरी कक्षामा पढ्ने भाईलाई शिक्षक नभएको बेला कापि किन्दिन गएको बताएका छन । कापि किनेर आउदा शिक्षकले पढाउनु भएको थियो । केही कुरा नसोधी ढिला आएको भन्दै २ पटक बेन्चमा ठोक्काईदिएको उनले बताएका छन । यता बालकका बुबा लक्ष्मी प्रसाद बरईले बिद्यालयमा शिक्षकले त्यसरी कुटपिट गर्दा पनि केही कारबाही नगरि दिएको भन्दै सञ्चारमाध्य सम्म न्याय दिलाउन माग गरेका छन ।


उनले बालकको दाया आखामा चोट लागेको र डाक्टरले आँखामा चश्मा लगाउनपर्ने सुझाब दिएको बताएका छन । मंसिर ९ गते उक्त घटना भएको थियो । कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुपर्नेे भन्दै बिद्यालयका प्रअसम्म पुगेपनि बिद्यालयले घटनालाई खासै चासो नदिएको पीडित वालकका बुवाले बताएका छन ।
यता वडा अध्यक्ष शिब वाग्लेसमक्ष पनि उक्त घटनालाई जानकारी गराएपछि वडा अध्यक्षले निवेदन लेखेर दिए कारबाही प्रक्रिया अघि बढाउने बताउनुभएको छ । यदि बिद्यालयबाट कारबाही प्रक्रिया अघि नबढे अदालतमा गएर मुद्दा हाल्ने चेतवानी पीडित परिवारले दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments