Home जिल्ला समाचार २१ लाखको टेण्डर अध्यक्षको मिलेमतोमा गुपचुप मै खोलियो

२१ लाखको टेण्डर अध्यक्षको मिलेमतोमा गुपचुप मै खोलियो

११ मङ्सिर, कपिलवस्तु।
यशोधरा गाउँपालिका कपिलवस्तुमा औषधी खरिदको टेण्डर गुपचुपमा खोलिएको खुल्न आएको छ । २१ लाख वढी रकमको औषधी खरिदको टेण्डर पशु विकास अधिकृत अव्दुल सलामको नेतृत्वमा गाउँपालिका अध्यक्ष ग्रिजेस पाण्डेको कक्षमा खोलिएको छ । कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत भएको वेलामा निमित्त बन्दै सलामले टेण्डर खुलाउन सहयोग गरेको श्रोतको दावी छ ।
‘ अध्यक्ष ज्युले आफै खोल्नु भएको छ । म कार्यालयमा उपस्थित हुँदा पनि निमित्त बनाई काम गर्नु भएको छ । जुन नियम विपरीत मिल्दैन ’ प्रमुख प्रशासकीय अधिकृत तेज वहादुर सिंहले बताए । सिंहले १० फारम मध्ये २ वटामा तोक लगाउँदै गर्दा पशु विकास अधिकृत अव्दुल सलामले जवरजस्ती तोक लगाउनु सुरु गरेका थिए । प्रशासकिय अधिकृत सिंह विना टेण्डर खुलाउन लागे पछि लेखा अधिकृत समेत प्रकृयामा समावेस नभएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्रतिनिधीत्व गरेका कर्मचारी नारायण गैरेले पनि टेण्डर खोल्दा आफु सहभागी नभएको वताए । उहाँहरु विच बिवाद रहेको थियो । प्रकृया पुरा भएको देखिएन र गाउँपालिकाको प्रशासन र लेखाको सहभागिता नभएकोले टेण्डर खुलाउँदा आफूहरुको असहमती रहेको लेखा प्रमुखले बताए ।
गाउँपालिकामा कृषि अधिकृत रहेका अव्दुल सलामले आफै निमित्त तोकी कार्यालय संचालन गरेको खुलासा भएको छ । आफै निमित्त भई काम संचालन गरे पछि गाउँपालिकाले सुचना प्रकाशन गरि निमित्त नदिएको जानकारी गराएको छ । कार्यालयमा बिवाद वढ्दै गए पछि गाउँ पालिका अध्यक्षले हाजिरी रजिस्टर समेत आफ्नै कार्यकक्षमा लुकाएर राख्दै आएका छन् । हाजिरी रजिस्टर लुकाए पछि कर्मचारीहरु समेत समयमा हाजिरी गर्न पाएका छैनन् ।‘ हाजिरी गर्नका लागी अध्यक्ष आउने समय कुर्न पर्छ । आज १२ बजे मात्र हाजिरी गरीयो । ’ एक कर्मचारीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments