Home जिल्ला समाचार कपिलवस्तुमा दुई पेट्रोल पम्प सिल

कपिलवस्तुमा दुई पेट्रोल पम्प सिल

मंसिर १२, कपिलवस्तु ।

नियम विपरीत काम गरेको भन्दै कपिलवस्तुका दुईवटा पेट्रोल पम्पलाई नेपाल आयल निगमले सिल गरेको छ । तौलिहवास्थित चिन्नीलाल कान्दु पेट्रोल पम्प र डंगरीस्थित आदि शक्ति माता आयल सप्लायर्स बिहीबार सिल गरिएको हो ।चिन्नीलालले डिजेल बिक्रीको अनुमति लिएर पेट्रोल पनि बिक्री गरेको तथा एक पेट्रोल पम्पले अर्को पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने नियम विपरीत आदिशक्तिले चिन्नीलाललाई बेचेको पाइएकाले दुवै पेट्रा्ेल पम्पलाई पेट्रोलियम पदार्थ बिक्री नियमावली २०७५को दफा २९ अनुसार इन्धन बिक्री गर्न नपाउने गरी सिल गरिएको निगमले जनाएको छ ।

अनुगमनका क्रममा आदिशक्तिले ४ हजार ५ सय ९ लिटर पेट्रोल चिन्नीलाललाई बिक्री गरेको प्रमाण फेला परेपछि कारबाही गरिएको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक डिपो भलबारी ?पन्देहीका प्रमुख प्रलयंकर आचार्यले बताए ।केही समय अगाडि भैरहवाको एक पेट्रोल पम्प र नेपाल आयल निगम भलबारी डिपोमै इन्धन खन्याउँदै गरेका ट्यांकरमा आगलागी भएपछि निगमको केन्द्रीय कार्यालयका उपप्रबन्धक इन्जिनियर प्रमेश पुडासैनीको नेतृत्वमा एक टोली लुम्बिनी प्रदेशका पेट्रोल पम्पह?को अनुगमनमा आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नेपाली महिलाको कपडा च्यातिदिएपछि सिमामा प्रदर्शन

भैरहवा २० फागुन ।  हिजो साझ भारतीय सिमा सुरक्षा बलका प्रहरीले स्थानीय महिलाको कपडा च्यातिदिएपछि नेपाल भारत...

सन्धिखर्क नगरपालिकाले कृषकलाई बिना धितो कृषि ऋण प्रदान गर्ने ।।

अर्घाखाँची १९ फागुनसन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि गर्ने कृषकहरुलाई बिना धितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । विदेशबाट फर्किएका र...

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा दुर्घटनामा १३को मृत्यु

काठमाडौ :  अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा भएको एक सवारी दुर्घटनामा कम्तिमा १३ जनाको मृत्यु भएको छ।उनीहरुमध्ये १०...

म्यानमारमा सुरक्षाफौजको गोली लागेर ३८ जनाको मृत्यु

काठमाडौं :  म्यानमारमा लोकतन्त्रमाथि कू गरेको सैनिक शासक क्रुर बन्दै गएको छ। प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको...

Recent Comments