Home प्रदेश समाचार गुल्मीमा जिप दुर्घटना । ६ जनाको ज्यान गयो ।

गुल्मीमा जिप दुर्घटना । ६ जनाको ज्यान गयो ।

मंसिर १२,गुल्मी
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । ईस्मा गाउँपालिका–४ हुलबाट तम्घास जाँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै तथा एक जनाको उपचारका क्रममा ज्यान गएको हो ।


जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जिप एक्कासी अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको हो । जिप दुर्घटनामा परि इस्मा गाउँपालिका–४ का वर्ष ६५ का डम्मर बहादुर हितान, बर्ष ३३ का शिब बहादुर दर्लामी, वर्ष ३० को बसन्त दर्लामी, बर्ष ३३ का धन बहादुर अछामी, मालिका गाउँपलिका –५ का बर्ष ८० की सुन्दरी थापाको घटनास्थलमै मृत्यु भएको हो ।


इस्मा गाँउपालिका–४ हुलका बर्ष १९ का फर्सुराम थापाको उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्याृलय गुल्मीले जानकारी दिएको छ । दुर्घटनामा परि सोही स्थानका बर्ष २८ की सरस्वती दर्लामी, बर्ष २६ का कमल हितान घाइते हुनुभएको छ । सवारी चालक इस्मा गाँउपालिका ७ सैया बस्ने बर्ष २४ को बुद्द बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments