Home प्रदेश समाचार गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्ने तयारी ।

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्ने तयारी ।

मंसिर १२ काठमाण्डौं ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्ने तयारी भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको बताइएको छ । शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वयका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेपाल नागरिक उडड्यन प्राधिकरणका पदाधिकारी सहभागी थिए ।

बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीह?लाई बुझाउन निर्देशन दिएको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थलको खाली जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना छ । एडिबीले सोलार प्लान्टका लागि नेपाललाई दिएको १८ अर्ब ५ करोड ?पैयाँमध्ये झापामा ५, बुटवलमा ७, पोखरामा ४ र चन्द्रौटामा ८ मेगावाट विद्युत उत्पादन गर्ने प्रक्रिया यसअघि नै अघि बढेको छ । जसमध्ये बुटवल र पोखरामा निर्माण हुने प्लान्टका लागि प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौतासमेत गरिसकेको छ । ती योजनामा एडिबीले दिने सबै रकम खर्च नहुने र विमानस्थलका लागि ऊर्जा आवश्यक पर्ने भएकाले १० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने योजना बनेको हो ।

सोलार प्लान्ट निर्माणका लागि आवश्यक जमिन नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ वर्षका लागि नेपाल विद्युत प्राधिकरणलाई भाडामा दिनेछ । निजी क्षेत्रलाई सिधै जग्गा दिँदा प्रक्रियागत झन्झट हुने र धेरै समय लाग्ने भएकाले विद्युत प्राधिकरण र नागरिक उड्डयनबीच जग्गा भाडासम्बन्धी सम्झौता गर्न लागिएको छ । प्राधिकरणले निजी क्षेत्रलाई सोलार प्लान्ट निर्माणको जिम्मा दिने र उत्पादित विद्युत खरिद गरी विमानस्थलका लागि आपूर्ति गर्ने प्रस्तावमा छ ।बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पुनले नेपाल जलविद्युतमा आत्मनिर्भर हुने चरणमा रहेको भए पनि वैकल्पिक ऊर्जा सन्तुलनका लागि सोलार प्लान्ट पनि ज?री रहेको उल्लेख गरे । उनले एक साताभित्र उपयुक्त प्रस्ताव ल्याउन निर्देशन दिए । यस्तै पर्यटनमन्त्री भट्टराईले सोलारमार्फत विमानस्थल सञ्चालन गर्न सकिए अन्तर्राष्ट्रि« रुपमै राम्रो सन्देश जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments