Home खेलकुद पहिलो एक दिवसिय क्रिकेटमा अस्ट्रेलियासँग भारत ६६ रनले पराजित

पहिलो एक दिवसिय क्रिकेटमा अस्ट्रेलियासँग भारत ६६ रनले पराजित

काठमाण्डौ, १२ मंसिर २०७७।

अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत पराजित भएको छ । अष्टेलिया संग भारत ६६ रनले पराजित भएको छ । अस्ट्रेलियाले दिएको तीन सय ७५ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय आठ रनमा समेटियो ।भारतका लागि हार्दिक पाण्डेयाले ९० र शिखर धवनले ७४ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका लागि एडम जम्पाले चार, जोश हेजलवूडले तीन र मिचेल स्टार्कले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै तीन सय ७४ रन बनायो । उसका लागि एरोन फिन्च र स्टेभेन स्मिथले शतकीय पारी खेले ।

बलिङतर्फ भारतका लागि मोहम्मद शामीले तीन विकेट लिँदा जसप्रित बुमराह, नवदीप सैनी र युजविन्द्र चाहलले एक–एक विकेट लिए । जितसँगै तीन खेलको शृङ्खलामा अस्ट्रेलिया एक–शून्यले अघि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments