Home Breaking News बिप्लवलाई पछ्याउँदै बैध ।। संघर्षशिल शक्तिहरु धुव्रिकरण हुने संकेत ।।

बिप्लवलाई पछ्याउँदै बैध ।। संघर्षशिल शक्तिहरु धुव्रिकरण हुने संकेत ।।

काठमाडौँ १२ मंसिर, २०७७।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) राष्ट्यि सरोकारका विषयमा सरकारलाई दबाब दिने उदेश्यले संघर्ष गर्ने जनाएको छ । त्यसका लागि सो पार्टीले आगामी मंसिर २५ गते काठमाडौ सहित सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।यतिमात्र होइन बिप्लव समुहमाथिको प्रतिवन्द फुकुवा हुनु पर्ने बैध समुहको जोडदार माग छ । यस्लाई कतिपयले बैधको क्रान्तिकारी माओवादीले विप्लवलाई पछ्याउँन खोजेको संकेतका ?पमा हेरेका छन् । बर्गिय विभेद र उत्पिडन जारी रहेकोले संघषशिल शक्तिह? धुव्रिकरण हुने ग्रिन सिग्नलह? देखा परिरहेको श्रोतको दावी छ ।

मंसिर ८ देखि १० गतेसम्म बसेको सो पार्टीको पोलटव्युरो बैठकले भारतले कव्जा गरेको लिम्पियाधुरा सहितको भूभाग फिर्ता, एमसीसीको विरोध, भ्रष्टाचार, महङ्गी, वालिका–महिला बलात्कार तथा हत्या, मजदुरह?को निष्काशन तथा कटौतीको विरोध, किसानह?का लागि मलखाद तथा उत्पादित वस्तुको बजार एवम् सहुलियत ऋणको व्यवस्था, स्वदेशमै रोजगारीको सुनिश्चितता, शिक्षा तथा स्वास्थ्यको राष्ट्रियकरण, मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग तथा जनसमुदायका हक, हित तथा जनजीविकाका विषयलाई लिएर स्वतन्त्र तथा संयुक्त ?पमा विभिन्न प्रकारका सङ्घर्ष तथा आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको पार्टी महासचिव मोहव बैद्य किरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    बैठकमा महासचिव किरणले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित भएको छ । प्रतिवेदनमा नवउदारवादी अर्थतन्त्र, बढ्दै गएको मन्दी, आर्थिक बृद्धिदरमा न्यूनता, स्थायित्वको अभाव, व्यापार युद्ध आदिका कारण सङ्कटग्रस्त रहिआएकोमा कोभिड–१९ महामारी पछि अझै क्षत विक्षत बन्दै गइरहेको, पुँजीवादी राज्यसत्ता तथा संसदीय व्यवस्था असफल सावित हुँदै गएको, विभिन्न साम्राज्यवादी एवम् अन्तर्राष्ट्रिय शक्ति केन्द्र, श्रम र पुँजी, साम्राज्यवाद र उत्पीडित राष्ट्रका मुलुकह?का बीचमा अन्तर्विरोध चर्किएको आदि बारे प्रकाश पारिएको छ र विश्वमा पुँजीवादका वि?द्ध वैज्ञानिक समाजवादको विकल्पमा सशक्त आवाज उठ्दै गएको उल्लेख छ ।

    प्रतिवेदनमासामाजिक ?पान्तरण तथा क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गएको परन्तु आत्मगत परिस्थिति भने कमजोर रहेको कुरा दर्शाउँदै, छितरिएको सच्चा क्रान्तिकारी शक्तिलाई एकताबद्ध तुल्याउनु पर्ने ऐतिहासिक आवश्यकतामाथि विशेष जोड दिइएको छ ।‘हाम्रो पार्टी माक्र्सवाद–लेनिनवाद–माओवाद वा विचारधारा मान्ने, नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद अङ्गीकार गर्ने क्रान्तिकारी कम्युनिस्ट सङ्गठन, समूह र व्यक्तित्वह?लाई वार्ता तथा संवादको प्रक्रियामा अगाडि बढ्न हार्दिक आह्वान गर्दछ’, प्रतिवेदनमा भनिएको छ । त्यस्तै कोभिड–१९ महामार महाआतङ्कका ?पमा पेशगरी जनतालाई त्रसित गराउने र त्यसबाट आफ्नो स्वार्थ सिद्धगर्ने साम्राज्यवादी षडयन्त्रको भण्डाफोर गर्नु पर्दछ भनिएको छ ।

    साथै कोभिड–१९ को नियन्त्रणका नाममा भ्रष्टाचार गर्ने, यसलाई बहाना बनाएर मजदुरहरको निष्कासन तथा कटौती गर्ने, बेरोजगारी बढाउने लगायतका सरकारी काम र षडयन्त्रको भण्डाफोर गर्नु पर्ने कुरामा जोड दिइएको छ । ‘पोलिटब्यूरोको बैठकमा भारतद्वारा कब्जा गरिएको लिम्पियाधुरा सहितको भूभाग फिर्ता, एमसीसीको विरोध, भ्रष्टाचार, महङ्गी, वालिका–महिला बलात्कार तथा हत्या, मजदुरह?को निष्काशन तथा कटौतीको विरोध, किसानह?का लागि मलखाद तथा उत्पादित वस्तुको बजार एवम् सहुलियत ऋणको व्यवस्था, स्वदेशमै रोजगारीको सुनिश्चितता, शिक्षा तथा स्वास्थ्यको राष्ट्रियकरण, मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग तथा जनसमुदायका हक, हित तथा जनजीविकाका विषयलाई लिएर स्वतन्त्र तथा संयुक्त ?पमा विभिन्न प्रकारका सङ्घर्ष तथा आन्दोलन सञ्चालन गर्ने निर्णय लिइएको छ ।

    उपरोक्त विषयलाई लिएर यही मङ्सिर २५ गते काठमाण्डौ सहित देशका सबै प्रदेशह?मा विरोध प्रदर्शन कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरिएको छ’, क्रान्तिकारी माओवादीले भनेको छ । सो पार्टीले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने, ठुलो सङ्ख्यामा नेता–कार्यकर्ताह?लाई गिरफ्तार गर्ने तथा यातना दिने काम गरेर सरकारले फासीवादको प्रदर्शन गरिआएकोमा त्यसको विरोध गर्दै प्रतिवेदनमा उनीह? माथिको प्रतिबन्ध हटाउन, उनीह?ले उठाएका मुद्दालाई राजनीतिक ?पमा लिन र कारागारमा रहेका नेता–कार्यकर्ताको रिहाइ गर्नका लागि पार्टी सरकारसित जोडदार माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुको कृष्णनगरमा १११ औं अन्तर्राष्ट्रीय महिला दिवस भव्यताका साथ मनाइयो

कृष्णनगर, फाल्गुन २४ महिला सुरक्षा,सम्मान र रोजगार समृद्ध नेपाल को आधार...

पुरुषबारे महिलाले थाहा पाउनै पर्ने १० रोचक तथ्य

पुरुषहरु बाहिरबाट कठोर स्वभावको हुन्छन् । उनीहरु भित्रबाट निकै नै कोमल पनि हृदयका हुन्छन् । भन्न त धेरैले सजिलै भनिदिन्छन्, ‘मर्दलाई सानो...

इक्वेटोरियल गिनीमा श्रृंखलावद्ध विस्फोट, १७ जनाको मृत्यु

२४ फागुन । मध्य–अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा लगातार भएको बम विस्फोटमा १७ जनाको मृत्यु भएको छ। सयौं मानिसहरू घाइते...

सहकारीका माध्यमबाट समाजलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपले नै रुपान्तरण गर्नु पर्ने: मन्त्री पौडेल

नेपालगञ्ज २४ फागुन । लुम्बिनी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले विपन्न समुदायको सारथीको रुपमा...

Recent Comments