मंसिर १३ दाङ ।
जम्मु–कश्मीरमा भएको गोली हानाहानमा शुक्रबार भारतीय सेनामा कार्यरत दाङको तुलसीपुरका एक युवकको मृत्यु भएको छ । रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा गोली लागेर सेनाका नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुखवीर सिंहको मृत्यु भएको हो । पाकिस्तानतर्फबाट चलेको गोली लागेर गम्भीर घाइते दुवैको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
भारतको सीमा सुरक्षामा खटिँदा मारिएका ३० वर्षीय खत्री तुलसीपुर–९ बेलुवाका हुन् । कश्मीरबाट शनिबार बिहान लखनउ आइपुग्ने छोराको शव लिन पिता लालबहादुर शुक्रबारै त्यसर्फ गएको बेलुवा प्रहरी चौकीका इन्चार्ज असई प्रदीप खड्काले बताए । प्रेमका भाइ लोकराज चार वर्षदेखि अमेरिकामा छन् । उनी भने भारतीय सेनाका भुपु सुबेदार पिताकै पथ पछ्याएर १३ वर्षअघि भर्ती भएका थिए । घरमा आमाबुबा, श्रीमती, ७ वर्षीय छोरी र ५ वर्षीय छोरा छन् ।
गोली हानाहानमा कश्मीरमा दाङका एक युवकको मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1