Home Breaking News प्रधानमन्त्रीले भने प्रचण्डको प्रस्ताव खारेज गरौं

प्रधानमन्त्रीले भने प्रचण्डको प्रस्ताव खारेज गरौं

१३ मंसिर, काठमाडौं ।

 नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव खारेज गर्ने र भदौ २६ को स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्कनु पर्ने बताएका छन् । आज बसेको पार्टी सचिवालयको बैठकमा ३७ पेज लामो प्रस्ताव पेश गर्दै प्रधानमन्त्री समेत रहेका ओलीले आफूमाथि अर्का अध्यक्षले लगाएको आरोप खारेज गरेका छन् । प्रचण्डले पेश गरेको प्रस्तावले पार्टीमा विग्रह निम्त्याउने भन्दै उनले त्यसलाई सचिवालय बैठकबाट खारेज गर्न प्रस्ताव गरेका छन् ।

उनले अघि भनेका छन्, पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔं ।’ विचार, संगठन, आचारण र आर्दशमा कुनै विचलन आउन नदिने र सबैलाई साथमा लिएर अगाडि बढ्ने उनको प्रतिवद्धता छ ।अध्यक्ष ओलीले महाधिवेशजबाट निर्वाचित नभएका, संक्रमणकालीन व्यवस्थाका लागि भनेर बनाइएका अन्तरिम कमिटीहरुलाई अल्पमथ र बहुमतको खेल खेल्ने थलो बनाउन समते उनले नेताहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘तीन महिनाभित्र सक्ने भनिएको संगठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्द्रित बनौं । विचार, विधि, संगठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिपेशज आयोजना गरेर त्यसबाट खोजौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments