Home समाचार राजावादी शक्तिको दैनिक जसो शक्ति प्रदर्शन जारी

राजावादी शक्तिको दैनिक जसो शक्ति प्रदर्शन जारी

२०७७, १३ मंसिर, काठमाडौं ।

राजावादी शक्ति झन् सक्रिय भएका छन् । जनताले अपेक्षा गरेको नेकपाले जनतालाई धुलो चटाउने मात्र काम गरेपछि जनताहरु पुनः आकर्षित हुन थालेको विश्लेषकहरु बताउँछन् । उनीहरुले दैनिकजसो शक्ति प्रदर्शन गर्न थालेका छन् । हिन्दु राष्ट्र र राजसंस्था फर्काउने नारासहित राष्ट्रिय झण्डा बोकेर सयौंको संख्यामा राजावादीहरु प्रदर्शनमा उत्रन थालेका हुन् । कोरोना महामारीबीच दलहरुप्रति वितृष्णा बढ्दै जाँदा राजावादीहरु सक्रिय हुनुलाई अर्थपूर्ण मानिएको छ । विगतमा भन्दा पछिल्लो समयमा भएका शक्तिप्रदर्शनको शैली फरक छ । उनीहरु कुनै ठुलै योजनासाथ प्रस्तुत भएको देखिन्छ ।

६ कात्तिकमा पूर्व राजा ज्ञानेन्द्र शाहले दलहरुको भूमिकामाथि गम्भीर प्रश्न उठाएर लिखित सन्देश दिएका थिए । त्यसलाई राजावादीलाई सक्रिय हुन गरिएको आव्हानकको रुपमा बुझिएको थियो । त्यसयता देशका मुख्य शहरहरुमा प्रदर्शन निरन्तर हुनथालेको छ । २५ कात्तिकमा काठमाडौं, २७ कात्तिमा विराटनगर, ४ मंसिरमा धनगढी, १० मा जनकपुर र पोखरामा राजावादीको प्रदर्शन भयो । आज नेपालगञ्जमा राजावादीहरुले शक्ति प्रदर्शन गरे । उनीहरुले हिन्दुराष्ट्र फर्काउने र राजसंस्था फर्काउन नारावाजी गरेका थिए ।

राजावादीहरुले १५ र २० मंसिरमा राजधानीमा प्रदर्शन गर्ने भएका छन् । राजधानीको शक्ति प्रदर्शनलाई चासोका साथ प्रतिक्षा गरिएको छ । यसलाई दलहरुप्रतिको जनताको असन्तुष्टिको रुपमा पनि हेरिएको छ ।गत चैतअघि दुई महिने बिदामा आएर घर बसेर गएका उनी नियमित फोन सम्पर्कमा रहेको र बिहीबार राति मात्रै भिडियो कलमा कुराकानी भएको छिमेकी तुलसी केसीले बताए । ‘परिवारका सबै जनासँग घरव्यवहारको कुरा भएको थियो,’ उनले भने, ‘यस्तो होला भन्ने केही थाहा थिएन ।’ घटनाका बारेमा ‘लाइन अफ कन्ट्रोल’ मा शान्ति कायम गर्ने समझदारी उल्लंघन गर्दै पाकिस्तानतर्फबाट गोलाबारी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कान्तीपुरबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नेपाली महिलाको कपडा च्यातिदिएपछि सिमामा प्रदर्शन

भैरहवा २० फागुन ।  हिजो साझ भारतीय सिमा सुरक्षा बलका प्रहरीले स्थानीय महिलाको कपडा च्यातिदिएपछि नेपाल भारत...

सन्धिखर्क नगरपालिकाले कृषकलाई बिना धितो कृषि ऋण प्रदान गर्ने ।।

अर्घाखाँची १९ फागुनसन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि गर्ने कृषकहरुलाई बिना धितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । विदेशबाट फर्किएका र...

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा दुर्घटनामा १३को मृत्यु

काठमाडौ :  अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा भएको एक सवारी दुर्घटनामा कम्तिमा १३ जनाको मृत्यु भएको छ।उनीहरुमध्ये १०...

म्यानमारमा सुरक्षाफौजको गोली लागेर ३८ जनाको मृत्यु

काठमाडौं :  म्यानमारमा लोकतन्त्रमाथि कू गरेको सैनिक शासक क्रुर बन्दै गएको छ। प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको...

Recent Comments