२०७७, १३ मंसिर, रोल्पा ।
रोल्पाको सुनिल स्मृति गाउँपालिका(४ को जिलाखोलामा दुई जना पुरुषको शव फेला परेको छ हिजो साँझ करिब ६ बजे माछा मार्न हिँडेका स्थानीय बालबालिकाले शव देखेर खबर गरेपछि उक्त स्थानमा प्रहरी पुगेको ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक ९इन्स्पेक्टर०शहदेब डाँगीले जानकारी दिनु भयो ।मृतकको साथमा परिचय खुल्ने कुनैपनि कागजात नभेटिएकाले शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता (इन्स्पेक्टर) सन्तोषकुमार केसीले जानकारी दिनु भयो ।
अहिलेसम्म पनि शवको सनाखत हुन नसकेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।शनिवार दिउँसो २ बजेतिर शव उठाएर जिल्ला अस्पताल रोल्पामा राखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।