Home जिल्ला समाचार मनोसामाजिक सहयोग सम्बन्धि तालिम सम्पन्न

मनोसामाजिक सहयोग सम्बन्धि तालिम सम्पन्न

धनी राम कोरी १४ मंसिर, कपिलवस्तु
महाराजगन्ज नगरपालिकामा मनोसामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । हाम्रो जीवनमा प्रत्यक्ष घट्ने घटना अपातविपत परेको वेलामा मान्छे आत्तिने कारणबाट अर्को घटना घट्ने सम्भावना वढी हुन्छ । त्यस्तो अवस्था आफुलाई कसरी नियन्त्रणमा राख्ने जस्ता कुराहरु तालिम छलफल भयो थियो । मान्छेको जीवनमा आर्थिक , सामाजिक ,राजनीतिक धार्मिक समस्या आएको बेला कुन प्रकारको निर्णय र कस्तो व्यक्ति संग सल्लाह लिँदा राम्रो हुन्छ ।


मान्छेले कुनै पनि काम गरेको खण्डमा नकारात्मक र सकारात्मक दुवै पक्ष हुन्छ । तालिममा मनोसामाजिक समस्याका कारणहरु, यसका असरहरु, समाधान गर्ने उपायहरु, तनावको शिर्षकमा छलफल भएको थियो । मानिसको जीवनमा समस्या परेको वेला कसरी,के गर्दा राम्रो हुन्छ, कुन निर्णय लिदा ठिक हुन्छ यिनीहरू को बारेमा छलफल भएको थियो । मनोसामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम मंसिर १३ गते देखि १४ सम्म चालेको छ ।


तालिममा प्रकाश घिमिरेले प्रशिक्षण गर्नु भएको छ । तालिम UKAid , VSO र International Alert विभिन्न संस्थाहरुको आर्थिक सहयोग र मधेस मानव अधिकार गृह(महुरी होेम) संस्थाको आयोजनामा सम्पन्न भएको छ । उक्त तालिममा महाराजगन्ज नगरपालिकाका नगर उपप्रमुख शुभावती कुर्मी, वडा नं ११ का अध्यक्ष र न्यायिक समिति सदस्य जगदीश तिवारी, वडा नं ६ का वडा अध्यक्ष हेमन्त कुमार चौधरी, न्यायिक समिति सदस्य राजेन्द्र कुर्मी, न्यायिक समितिका कर्मचारी कृष्ण दास हरिजन , महिला तथा बालबालिका शाखा का विन्द वासिनी चौधरी , प्रशासन शाखा प्रमुख निरन्जन पौडेल , इलाका प्रहरी कार्यालय का होम बहादुर पुन , रविन्द्र हरिजन , दिपेन्द्र यादव , प्रहरी चौकी उदयपुरका यज्ञ बहादुर सुनार , भुपाल बहादुर पुन , सूर्य प्रसाद न्यौपाने र अन्य व्यक्तिहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments