Home समाचार आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुराउन ३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास...

आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुराउन ३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गरिँदै

१५ मंसिर, काठमाडौं ।

 सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्ने भएको छ  ।आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो ।स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्दैछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् । अस्पतालहरु दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । अस्पताल निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा गरिसकिएको छ ।पाँच शय्याको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी र १५ शय्याको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।सरकारको नीति तथा कार्यक्रममा सबै स्थानीय तहहरुमा ५ देखि १५ शय्याका अस्पताल बनाउने उल्लेख छ । तर सबै स्थानीय तहहरुमा १५ शय्याका अस्पताल बनाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।हाल कूल ७५३ स्थानीय तहहरुमध्ये १ सय ४ वटामात्र मात्रै बिभिन्न तहका अस्पताल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments