Home विदेश नाइजेरियामा ११० जनाको विभत्स हत्या

नाइजेरियामा ११० जनाको विभत्स हत्या

५ मंसिर, काठमाडौं ।

नाइजेरियामा इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले ११० जनाको क्रूर ढंगले हत्या गरेको छ ।सो समूहले खेतमा काम गरिरहेकाहरुलाई नियन्त्रणमा लिएर हातखुट्टा बाँधी घाँटी रेटेर हत्या गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।संयुक्त राष्ट्रसंघले यो हत्याको निन्दा गर्दै नाइजेरियाको अवस्थाप्रति चिन्ता प्रकट गरेको छ ।घटना गत शनिबारको हो । पूर्वोत्तर नाइजेरियाको मैदुगुरी शहर नजिकको गाउँलाई बोको हरामले निशाना बनाएको हो । घटनास्थलमा सुरुमा ४३ शव फेला परेका थिए । तर पछि थप शव फेला परेर मारिनेहरुको संख्या ११० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका एक अधिकारी एडवर्ड क्यालनले भनेका छन्, ‘यो घटना निर्दोष नागरिकमाथि भएको यस वर्षकै सबैभन्दा हिंस्रक हो । म यो जघन्य अपराधीहरुलाई कारबाही गरेर न्याय दिलाउन आग्रह गर्दछु ।’नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले पनि किसान मजदुरको हत्या गरिएको घटनाको निन्दा गरेका छन् । उनले यो घटनाबाट सिंगो देश घाइते भएको भन्दै उनले दोषिलाई पक्राउ गरी सजायँ दिलाउने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४ देखि जारी प्रतियोगिता सोमबार समापन हुँदै ।।

ओम प्रकाश पौडल । कपिलवस्तु । १६ फागुन ।बुद्धभूमि नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप प्रतियोगिता अन्तर्गत आइतबार पनि...

मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल

ओम प्रकाश पौडेल । १६ फागुन, कपिलवस्तु ।यहिफागुन ९ गते स्यांजा देखि बुटवल हुँदै कपिलवस्तु बोडगाउँ आउने क्रममा आफ््ना पिता हराई रहेकोले...

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

Recent Comments