Home प्रदेश समाचार गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र टुङ्गो लाग्यो, दुई तिहाईको समर्थन

गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र टुङ्गो लाग्यो, दुई तिहाईको समर्थन

गुल्मी १८ मंसिर ।

लामो  विवादपछि गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र टुङ्गो लागेको छ । साँझ इस्मा गाउँपालिकाका जनप्रतिनिधिहरुको दुई तिहाई  बहुमतले सो गाउँपालिका वडा नम्बर–५ को रातापोखरादेखि वडा नम्बर ३ को  फेदिफाट हुँदै माटाखानी सम्म केन्द्रको टुङ्गो लगाएका हुन् ।गाउँपालिका अध्यक्ष बाहेक कुल २९ मत रहेकोमा २१ मत त्यहाँ केन्द्र राख्ने पक्षमा परेको र ८ मत विपक्षमा परेको थियो ।

सुरुमा जिल्ला स्तरीय सम्यन्त्रले तोकेको चापटारी केन्द्र गाउँबासीबीच विवाद बढेपछि अस्थायी केन्द्र तोक्न समस्या भएको थियो ।बुधबार बसेको गाउँसभाले चापटारी भन्दा डेढ किलो मिटरमाथि र हालको अस्थायी केन्द्र दोबाटादेखि एक किलो मिटर तल रातापोखरामा जनप्रतिनिधिहरुको बहुमतले केन्द्र  तोकेको इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले जानकारी दिए ।

केन्द्र तोकिएको खुशियालीमा आज इस्मामा सार्वजनिक बिदा दिइएको छ र बिजय  उत्सव मनाइने  अध्यक्ष  बिष्टले बताए ।श्रोतका अनुसार त्यस गाउँपालिकामा नेपाली काँग्रेसको वडा नम्बर १ मा जम्मा ५ मत छन् । त्यस वडाका ५ मत र वडा नम्बर २ का नेकपा बाट विजयी जनप्रतिनिधिका ३ मतसहित ८ मत विपक्षमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

अक्सिजन नपाएर अस्पतालमै ८ संक्रमितको मृत्यु

30 वैशाख, बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु...

बैशाख ३० मा रमजान र ३१ शुक्रवारका दिन ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

२९, बैशाख, कपिलवस्तु आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी...

कपिलवस्तुमा जेष्ठ १० सम्म निषेधाज्ञा

२०७८ बैशाख २९ , कपिलवस्तु कपिलवस्तुमा बैशाख ३१ गतेसम्मको निषेधाज्ञा (लकडाउन) जेष्ठ १० सम्म थप हुने भएको छ...

तौलिहवा अस्पतालमा आउने अक्सिजन हाईज्याक, उपचाररत ५५ जनाको जीवन रक्षा गर्न अधिकारकर्मीको माग

कपिलवस्तु २८ बैशाख । कपिलवस्तु अस्पताल तौलिहवामा नियमित रुपमा आउने गरेको ५० सिलिण्डर अक्सिजन रुपन्देही प्रशासनको आदेशमा हाई ज्याक...

Recent Comments