Home समाचार चौरसिया हत्या काण्डका २ जना पूर्पक्षका लागि थुनामा

चौरसिया हत्या काण्डका २ जना पूर्पक्षका लागि थुनामा

१८ मंसिर, वीरगञ्ज ।
नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्या अभियोगमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । पर्सा जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले अखिलेश भनिने अशेसर प्रसाद चौरसिया र उत्तम भनिने निरञ्जन तिवारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन्।
पक्राउ परेका ५ जनामध्ये अरु दुई जनालाई भने अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । एक जना नाबालकलाई भने साधारण तारेखमा रिहा गर्दै अभिभावकको जिम्मा लगाउन आदेश दिएको अदालतका श्रेस्तेदार कृष्ण अधिकारीले जानकारी दिए ।हनिफ मियाँ र देवा सहनीसँग २÷२ लाख रुपैयाँ धरौटी माग गरिएको छ । बुधबार नै धरौटी बुझाएर उनीहरु रिहा भइसकेका छन् । कात्तिक ६ गते विन्दबासिनी गाउ कमिटिको सपथ ग्रण समारोहमा दुई पक्षबीच झडप हुँदा मुकेश गम्भिर घाइते भएका थिए ।
त्यसको भोलिपल्ट उपचारको क्रममा मुकेशको मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा दुई पक्षबाट १ बालक सहित २८ जना विरुद्ध मुद्धा दर्ता गरिएको थियो ।प्रहरीको राय प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले संविधान सभा सदस्य राजकुमार गुप्ता सहित ७ जनाविरुद्ध मुद्धा चलाएको थिएन ।
बाँकी १६ जनालाई प्रहरीले अझै पक्राउ गरेको छैन । प्रतिवादीहरु निवेदन लिएर अदालत आएको खण्डमा बयान लिएर प्रक्रिया अगाडि बढाउने अन्यथा उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी हुने इजलास सहायक सञ्जय कुमार यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments