Home प्रदेश समाचार पहिलोपटक सुरु भयो पाल्पामा स्ट्रबेरी खेती

पहिलोपटक सुरु भयो पाल्पामा स्ट्रबेरी खेती

पाल्पा १८ मंसिर ।

नौलो फलका रूपमा परिचित भुइँ काफलको व्यावसायिक खेती पाल्पामा गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलो पटक भुइँकाफल वा स्ट्रबेरी खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाको रु चार लाख २५ हजार बजेटबाट जिल्लाको माथागढीको ओलेसमा, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा र रम्भा गाउँपालिकाको हुँमीनमा भुइँकाफल खेती व्यावसायिकरूपमा थालनी भएको कार्यालय प्रमुख शिवप्रसाद अर्यालले बताए ।

यस खेतीमा रिब्दीकोटको भैरवस्थानमा अम्बिका गौतम, सरिता खनाल, पवित्र खाम्चा र पार्वती थापा आकर्षित छन् । रम्भाको हुँमीनमा सामूहिकरूपमा चार जनाले एक रोपनी जमिनमा १ हजार ५०० स्ट्रबेरी लगाएका छन् । ज्ञान केन्द्रले नौ हजार बिरुवा, मल, सिँचाइका लागि चाहिने सामान, प्लाष्टिक, मल्चिङ प्रविधि र भिटामिनसमेत सामान किसानलाई अनुदानमा उपलब्ध गराएको प्रमुख अर्यालले बताए । भैरवस्थानकी अम्बिकाले पहिलोपटक नयाँ फलको व्यवसाय गर्न पाएकामा खुशी लागेको बताए । भैरवस्थान धार्मिक पर्यटकीयस्थल पनि हो । यस खेतीबाट प्रशस्त आम्दानी हुने आशा पनि गौतमको छ ।

यो फलको नेपालमा १० वर्ष अघिदेखि खेती हुँदै आएको थियो । स्ट्रबेरी फल खानाले पिसाबसम्बन्धी रोगलाई निको पार्न सहयोग गर्छ । पछिल्ला वर्ष यो फलको सेवन र खेतीप्रति अकर्षण बढ्दो छ । जिल्लाका ग्रामीण क्षेत्रमा केही मात्रा भुइँकाफलको खेती गरिए पनि व्यावसायिकरूपमा खेतीको अभाव छ । पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा नै भुइँकाफल स्थानीय बजारमा माग भए पनि देखिएको छैन । पाल्पामा पहिलोपटक उत्पादन गर्न लागिको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments