Home विदेश भारत र नेपाल मिलेर अगाडी बढ्ने भारतीय विदेशमन्त्री जयशंकरको भनाई

भारत र नेपाल मिलेर अगाडी बढ्ने भारतीय विदेशमन्त्री जयशंकरको भनाई

१८ मंसिर, काठमाडौं ।

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल र भारतबीच बिगतमा केही समस्या रहे पनि अब आपसी सम्बन्धलाई अगाडि बढाउने निर्णय गरिसकेको दाबी गरेका छन् । उनले नेपालसँगको भारतको समस्या विश्वका जुनसुकै दुई छिमेकी मुलुकबीच हुनेजस्तो समस्या रहेको पनि बताए ।

‘द हिन्दू’सँगको अन्तर्वार्ताको क्रममा जयशंकरले विश्वभर आफ्ना छिमेकी मुलुकसँग कुनै समस्या नरहेको मुलुक नभएको दाबी गरे । जयशंकरको भारतीय विदेश नीति समेटिएको किताबमा उनले ‘उदारता र दृढता’को नीति आफ्ना छिमेकी मुलुकसँग राख्ने उल्लेख गरेका छन् । तर, नेपालको संविधानमा नै नेपाल र भारतबीच विभाजन देखिएको छ । यसै वर्ष नेपालले लिम्पियाधुरासहितको नक्सा जारी गरेको थियो । त्यसपछि दुई मुलुकबीच तनावको अवस्था देखिए पनि अहिले भारतीय अधिकारीहरुले नेपालको भ्रमण गरिरहेका छन् । तर, नेपाल आफ्नो मुद्दाबाट पछि हटेको छैन । यस्तोमा भारतको दृढताको नीति कसरी कायम रह्यो भनी जयशंकरलाई प्रश्न गरिएको थियो ।

यसको जवाफमा उनले कुनै एउटा घटनालाई लिएर समग्र सम्बन्धको विषयमा टिकाटिप्पणी गरिनु उचित नहुने बताएका थिए । उनले भने, ‘समस्या हुन्छन् । मेरो मतलब, मलाई कुनै यस्ता दुई छिमेकी मुलुक देखाउनुहोस्, उनीहरुको बीचमा कुनै समस्या नै नभएको होस् ।’उनले थपे, ‘अहिले हाम्रा अधिकांश छिमेकी मुलुक प्रजातान्त्रिक छन्, मुख्य कुरा उनीहरुसँग उनीहरुसँग उनीहरुको राजनीति छ र हामीसँग हाम्रो राजनीति छ, मुद्दाहरु त्यहीँ हुन्छन् ।’ यस्ता मुद्दाहरु कसरी समाधान गर्ने र तनाव कसरी कम गर्दै जाने भन्ने मुख्य विषय रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments