कपिलवस्तु, १९ मंसिर ।
सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङ शुक्रबार दिउसो ३५ हजार घुससहित पक्राउ परेका छन् ।अख्तियार अनुसन्धान आयोग बुटवल कार्यालयका टोलीले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत महिला सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिदै गर्दा पक्राउ गरेको हो ।
एक महिलाले सामान ओसारपोसार गर्दा घुस मागेको भन्ने अख्यिारमा उजुरी गरेकी थिइन । अख्यिारको टोलीले उनलाई सेवाग्राहीबाट ३५ हजारसहित रंगोहात पक्राउ गरेको थियो ।कृष्णनगर नगरपालिका वडा नंम्बर २ गोलघरस्थित मिलन रेष्टुरेन्ट एण्ड दूर्गा गेष्ट हाउसबाट रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
३५ हजार घुससहित कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार अख्तियारको नियन्त्रणमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1