२० मंसिर कपिलवस्तु-
राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिकाको भेला सम्पन्न भएको छ ।गोपाल सुनारको अध्यक्षतामा भएको भेलाले १५ सदस्यिय नयाँ कार्यसमिति गठन गरेको हो । भेलाले उपाध्यक्ष पतेस्वरी यादव,सचिवमा गोविन्द परिवार, सह सचिव प्रभु यादव र कोषाध्याक्षमा राम समारे धोबीलाई चयन गरेको छ ।
यस्तै सदस्यहरूमा रमसेवाक कोरी, हिराराल तेली , उदय राज चौधरी, पृथिबी राज लोहार, सोमना रहिदास, सूर्य बहादुर जिसी, मनिषा कोरी, धनिराम खटिक चयन हुनु भएको हो ।यसैगरी समितीको सल्लाहाकारमा नागराज योगी, खदेरू पासी, र पशुपति जयसपाललाई चयन गरेको छ ।भेला पछिको बैठकले गाउँपालिकाको ७ वटै वडामा कमिटी गठन गरी, सबै वडामा पौष महिना भित्र भेला गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी मंसिर २५ गते गाउँपालिका स्तरीय प्रशिक्षणका लागि कार्यसमितीलाई जिम्मेवारी दिइएको छ ।भेलालाई राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्याक्ष चेट नारायण खनाल, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहाकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ आगन्तुक केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष केर सिंह अदै ,अखिल नेपाल यातायात मजदुर संघ कपिलवस्तु जिल्ला अध्यक्ष नागराज योगी, तराई मधेश जनवादी मोर्चा विजय नगरका अध्यक्ष खडेरु पसी, राष्ट्रिय जनमोर्चा, विजयनगर गाउपालिका वडा नं १ का अध्यक्ष प्रभु यादवले सम्वोधन गर्नु भएको थियो ।भेलामा राष्ट्रिय जनमोर्चाले लिएको नीति कार्यक्रम सही भएको अहिले जनताले बुझ्दै गएको गएको भन्दै राष्ट्रिय जनमोर्चा प्रति जनताको आकर्षण बढेको बताएका थिए ।