Home प्रदेश समाचार बुटवल कोरोना अस्पतालको आईसीयूबाटै सुनका गहना चोरी

बुटवल कोरोना अस्पतालको आईसीयूबाटै सुनका गहना चोरी

२० मंसिर, बुटवल ।
बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकी एक महिलाको सुनको गहना चोरी भएको छ । बुटवल–७ शिवनगरकी ४८ वर्षीया कोरोना संक्रमित महिलाको कानमा लगाएको दुई वटा रिङ र नाकमा लगाएको फुली चोरी भएको हो ।मंसिर १४ गते आईसीयू कक्षमा भर्ना भएकी र १५ गते बिहान उपचारका क्रममा मृत्यु भएकी उनको एक तोला बराबरको सुनका गहना उपचारकै क्रममा चोरी भएको परिवारका सदस्यले गुनासो गरेका छन् । संक्रमितको मृत्यु भएपछि अस्पतालका कर्मचारीले मोबाइल, थर्मस लगायत सामान दिएपनि गहना नपाएपछि परिवारका सदस्यले खोजी गरेका थिए ।
‘हामी जाँदा शवलाई मर्करीमा राखिसकेको रहेछ, हामीले गहनाको कुरा गरेपछि शव खोलेर हेर्दा फुली लगाएको नाकको भागमा रगत निस्केको देख्यौं,’ मृतकका छोरा प्रदीप अर्यालले भने, ‘गहना हराएकोबारे अस्पतालका फोकल पर्सन, वडा प्रहरी र बुटवलका मेयरलाई पनि जानकारी गरायौं, उहाँहरुले हामी खोजी गर्छौं भन्नुभयो तर त्यसपछि सम्पर्क गर्नुभएन ।’
बिरामीको मृत्यु भएपछि गहना निकालिएको हुनसक्ने अर्यालले आशंका गरे । चोरी भएको गहना पत्ता लगाएर दिने आशा गरेको तर एक हप्तासम्म नदिएपछि अरु बिरामीको गहना नहराओस् भन्ने उद्देश्यले घटना सार्वजनिक गर्नुपरेको मृतकका छिमेकी गुप्तबहादुर केसीले बताए । यसअघि पनि अस्पताल भर्ना भएका बुटवलकै एक पुरुषको बेरुवा औंठी पनि चोरी भएको गुनासो आएको केसीले बताए ।
अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले गहना चोरी भएको गुनासो आएको स्वीकार्दै खोजी भइरहेको बताए । ‘आईसीयू कक्षबाट गहना चोरी भएको कुराले हामी संवेदनशील भएका छौं, हामी दोषी पत्ता लगाउने प्रक्रियामा छौं ।’इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले घटनाबारे मौखिक जानकारी मात्र पाएको तर लिखित उजुरी नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments