Home प्रदेश समाचार रुपन्देहीमा पाँच ट्रक गोरु प्रहरी नियन्त्रणमा

रुपन्देहीमा पाँच ट्रक गोरु प्रहरी नियन्त्रणमा

२० मंसिर,बुटवल ।
तस्करीका लागि पूर्वतर्फ लैजाँदै गरिएका पाँच ट्रक गोरु रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकमा राखिएका १२१ वटा गोरुलाई प्रहरीले बुटवलको अस्पताल लाइनबाट शनिबार नियन्त्रणमा लिएको हो ।गोरु तस्करी गरी पूर्वतर्फ लैजाँदै गरेको सूचनाका आधारमा ट्रकहरु रोकेर चेकजाँच गर्दा कागजात शंकास्पद देखिएकाले ट्रक र ट्रकमा रहेका १२१ वटा गोरु नियन्त्रणमा लिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।


प्रहरीले ना ५ ख ५६५५,ना ८ ख ७३०२, बागमती प्रदेश ०३–००१ ख ०३३३, ना ६ ख ५७१२ र ना ५ ख ७५३९ नं.को ट्रकसहित ट्रक चालकहरु बाराको निजगढ नगरपालिका– ८ का ३६ वर्षीय गणेश पौडेल, बारा जितपुर सिमरा नगरपालिका–१६ का ३८ वर्षीय तिलकबहादुर जिम्बा, बाराको निजगढ नगरपालिका– ९ का ५२ वर्षीय शम्भु भट्टराई, मकवानपुरको हेटौडा–१४ का ३० वर्षीय लक्ष्मण दनै र र बारा निजगढ नगरपालिका– ९ का ३२ वर्षीय नवराज कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको थापाले बताए । उनका अनुसार नियन्त्रणमा लिएका सबै गोरुलाई पशु क्वारेन्टाइन भैरहवामा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments