Home Uncategorized १०२४ जनामा संक्रमण पुष्टि

१०२४ जनामा संक्रमण पुष्टि

२० मंसिर, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६०७४ नमुना परीक्षण गर्दा ४०२ महिला र ६२२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । उनीहरुमध्ये २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन् भने १५७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर १४ हजार २५५ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९ हजार २६३ जना होम आइसोलेसनमा छन् भने ३१२ जनाको आईसीयू र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४६० संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ३४९ जनfm ललितपुरका ६५ र भक्तपुरका १८ जना छन् । नुवाकोटका ४६ जना, कास्कीका ४५, रुपन्देहीका ४१, झापाका ३९, अछामका ३५, कैलालीका ३३, काभ्रेका २९, सुनसरीका २८, बाँकेका २०, धनुषाका १८, कञ्चनपुरका १७, पर्सा, मकवानपुर र लमजुङका १५/१५ जना, सिन्धुली र बाग्लुङका १४/१४ जना, चितवन, कपिलवस्तु, दाङ र बझाङका ११/११ जना, तनहुँ र बर्दियाका ९/९ जना , धादिङका ८, दोलखाका ७ र इलाम ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपरासी र पाल्पाका ५/५ जना, मोरङ, सोलखुम्बु, सिराहा, स्याङ्जा, जुम्ला, डडेलधुराका ४/४ जना, सर्लाही, दैलेख, दार्चुला र बैतडीका ३/३ जना, ताप्लेजुङ, बारा, महोत्तरी, रौतहट, सप्तरी, सिन्धुपाल्चोक, नवलपुर, पर्वत, म्याग्दी, प्युठान, रोल्पा र डोटीका २/२ जना तथा उदयपुर, ओखलढुंगा, खोटाङ, अर्घाखाँची र गुल्मीका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments