Home समाचार ओली सरकार गणतन्त्र विरोधीप्रति नरम -जनार्दन शर्मा

ओली सरकार गणतन्त्र विरोधीप्रति नरम -जनार्दन शर्मा

२१ मंसिर, काठमाडौं ।
नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले अहिलेको सरकार गणतन्त्रविरोधीप्रति नरम देखिएको आरोप लगाएका छन् ।आइतबार सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा प्रस्ताव पेश गर्दै उनले नेकपाको सरकार र गृह प्रशासन गणतन्त्रविरोधी क्रियाकलापको रक्षामा लागिरहेको आवाज सुनिन थालेको बताए ।
‘बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा दमन गर्ने र गणतन्त्र विरोधी प्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ’ उनले प्रस्तावमा भनेका छन्, ‘यसबाट नेपाली जनतामा ठूलो असन्तुष्टि पैदा हुँदै जाने सन्दर्भमा नेकपाको स्थायी कमिटी बैठक संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासहित दृढ संकल्प गरौं ।’सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्रविरोधीहरु उत्साहित देखिएका र खुलेआम संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध उत्रिएका शर्माले टिप्पणी गरेका छन् ।

उनले संघीयताको पक्षधर सबै पार्टीहरुको बीचमा छलफल आयोजना गरी सरकारका कमीकमजोरी सच्चाउँदै जनतामा देखिएको असन्तुष्टि संबोधन गर्न ढिला गर्न नहुने पनि बताएका छन् ।सरकारले कोराना भाइरसबाट जनताको जीवन रक्षा गर्नुका साथै पूर्ण रुपले आर्थिक गतिविधि सञ्चालनको अवस्था सिर्जना गर्नुपर्ने शर्माले बताएका छन् । ‘अन्य समस्याहरु समेत प्राथमिकता तोकि समाधान गर्नुपर्दछ’ उनले आफ्नो प्रस्तावमाथि स्थायी कमिटीमा छलफल माग गर्दै भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments