Home समाचार रुकुमको आठबीसकोटका विद्यालय सातै दिन खोलिने

रुकुमको आठबीसकोटका विद्यालय सातै दिन खोलिने

२१ मंसिर, सुर्खेत ।
आठबीसकोट नगरपालिका रुकुम पश्चिमले सातै दिन विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस महामारीका कारण धेरै समय विद्यालय बन्द भएकाले अब सातै दिन सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।विशेष परिस्थितिका कारण बन्द भएका विद्यालय अब निरन्तर सञ्चालनमा आउने नगरपालिकाका शिक्षा परीक्षक थलवीर वलीले बताए । ‘बिदाको समयलाई पनि शैक्षिक र अतिरिक्त क्रियाकलापमा जोडेका छौं,’ शिक्षा परीक्षक वलीले भने, ‘अब शुक्रबार पूरै दिन पढाइ हुन्छ । शनिबार अतिरिक्त क्रियाकलाप सञ्चालन हुनेछ ।’


नगरभित्रका ६१ वटा समुदायिक र २ वटा संस्थागत विद्यालयमा अब बिदाको दिन पनि पठनपाठन र अतिरिक्त क्रियाकलाप सञ्चालन हुनेछ ।चालु शैक्षिक सत्रमा पनि सरकारी कार्ययोजनाअनुसार १ सय ९२ दिन नै पढाइ हुने व्यवस्था मिलाउने वलीले बताए । ‘सरकारको सिकाइ मापदण्ड अनुसार २२० दिन विद्यालय खुल्नुपर्छ भने १९३ दिन पढाइ हुनुपर्ने हुन्छ,’ परीक्षक वलीले भने, ‘हामी सम्पूर्ण बिदा कटाएर १९२ दिन विद्यालयमा पढाउँने छौं ।’
आठबीसकोटमा २०७६ चैत ११ गतेदेखि बन्द भएका विद्यालय कात्तिक १६ गतेदेखि सञ्चालन गरिएको थियो । नगरपालिकाको उक्त निर्णयले विद्यार्थी, शिक्षक र अभिभावक उत्साहित भएको कालिका माविका प्राचार्य जयबहादुर बटालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments