२१ मंसिर, काठमाडौं ।
रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका अनुसार सैनामैना नगरपालिका-१ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ४:१५ बजे मृत्यु भएको हो ।
उनीमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मंसिर ११ गते अस्पतालमा भर्ना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1