Home खेलकुद शारीरिक सुगठन प्रतियोगिता हुने

शारीरिक सुगठन प्रतियोगिता हुने

रुपन्देही २१ मंसिर ।
बुटवल श्री अन्तर प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता गर्दै आएको रुपन्देही जिल्ला शारीरिक सुगठन संघले यस वर्ष राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता गर्ने भएको छ ।

शनिबार भएको संघको बैठकले बुटवलमा भेटिएको प्राग् आदिमानव रामापिथेकसको बंगरा भेटिएको ऐतिहासिकता तथा पृष्ठभूमि र नेपालले अंग्रेजी सेनालाई घुडा टेकाउन सफल बुटवल जितगढी किल्लाको महत्वलाई थप उजागर गर्न खेलका मध्यमबाट सो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७८ बैशाख महिनामा मिष्टर रामापिथेकस राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिता गर्ने निर्णय गरिएको संघका जिल्ला अध्यक्ष सितु प्रसाद श्रेष्ठले बताए ।श्रेष्ठको अध्यक्षतामा बसेको सो बैठकमा प्रशिक्षक तथा निर्णायक केशव बहादुर शाक्य र रुपन्देही जिम व्यवसायी संघका अध्यक्ष बिजेन्द्रमान श्रेष्ठ लगायत रुपन्देहीका रहेका जिम संचालकहरु समेत उपस्थिति रहेको थियोे ।


सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका अग्रज शारीरिक सुगठनका खेलाडीहरुलाइ सम्मानित गर्ने समेत निर्णय गरिएको थियो । प्रतियोगिताका लागि देश बिदेशमा रहेका शारीरिक सुगठन प्रेमीहरु हातेमालोका लागि अनुरोध गर्ने निर्णय समेत गरिएको संघका सचिव राजकुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ३ वटा सवारी साधन प्रहरी नियन्त्रणमा ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु । २४ वैशाख ।निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई आज पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।...

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु ।।

ओम प्रकाश पौडेल । कपिलवस्तु ।कोरोना संक्रमणका कारण कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु...

३ दर्जन वित्तिय सस्थाको एक हप्ता बन्द गर्ने निर्णय

कपिलवस्तु २४ वैशाख। वित्तिय सस्थाहरुमा जोखीम उच्च भएको भन्दै स्थानीय पालिकासंग बन्द गर्ने ब्यवस्था मिलाउन ती सस्थाले निरन्तर दिदै...

लुम्विनीका कोरोना अस्पतालमा ६ सय स्वास्थ्यकर्मी थप हुदै

बुटवल  २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना...

Recent Comments