Home अर्थ शून्य ब्याजको ऋण लुम्बिनी प्रदेशमा

शून्य ब्याजको ऋण लुम्बिनी प्रदेशमा

बुटवल, २१ मंसिर ।
लुम्बिनी प्रदेश सरकारले उद्यमीलाई शून्य ब्याजदरमा ऋण उपलव्ध गराउने संझौता एक बैकसंग गरेसंगै कुन जिल्लामा कति ऋण परिचालन हुने भन्ने सूची पठाएको छ । जस अन्तर्गत प्रदेशका १२ जिल्लामध्ये पश्चिम नवलपरासीमा ७१ लाख, रुपन्देहीमा एक करोड ९१ लाख, पाल्पामा ५८ लाख, गुल्मीमा ६२ लाख, अर्घाखाँचीमा ४३ लाख सिमा तोकेको छ । यस्तै कपिलवस्तुमा एक करोड २४ लाख, रोल्पामा ४९ लाख, दाङमा एक करोड २० लाख, बाँकेमा एक करोड सात लाख, वर्दियामा ९३ लाख, प्युठानमा ५० लाख र पूर्वी रुकुमका लागि ३२ लाख रुपियाँ ब्याज अनुदान शीर्षकमा बजेट विनियोजन गरिएको मन्त्रालयले जानकारी दिएको छ ।


उद्योग, पर्यटन वन तथा बाताबरण मन्त्रालयले त्यसका लागि नेपाल बैंक लिमिटेडसँग सम्झौता गरेको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख पासाङ दोर्जी शेर्पा र मन्त्रालयका विभागीय प्रमुख रमेश गौतमले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । कोरोनाका कारण रोजगारी गुमाएका युवालाई स्वदेशमै रोजगारी प्रवद्र्धन गर्न शून्य ब्याजमा ऋण प्रवाह कार्यक्रम बढाएको मन्त्रालयले जनाएको छ ।


शून्य ब्याजदरको उक्त ऋण वैदेशिक रोजगारबाट फर्किएका, दलित, महिला, द्वन्द्व पीडित तथा अपाङ्गता भएकाहरुले सञ्चालन गर्ने परियोजनालाई प्राथमिकता दिने मन्त्रालयले जनाएको छ ।ऋण लगानी गर्दा नेपाल बैंक लिमिटेडले लिने ७ दशमलव ७५ प्रतिशत ब्याज तीन वर्षसम्म प्रदेश सरकारले ब्यहोर्ने गरी सम्झौता भएको हो
त्यसका लागि प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा १० करोड रुपियाँ उद्यम विकास कोष कार्यक्रम अन्तर्गत ब्याज अनुदानको लागि छुट्याएको छ मन्त्रालयका अधिकृत रमेश गौतमले जानकारी दिनुभयो । बैंकका प्रदेश प्रमुख पासाङ दोर्जी शेर्पाले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चालू आवको सात महिनामा एक अर्ब ३५ करोड ऋण प्रवाह गर्ने लक्ष्य राखेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments