Home प्रदेश समाचार सेनाद्धारा हाटबजार निर्माण गरि स्थानीयलाई हस्तान्तरण

सेनाद्धारा हाटबजार निर्माण गरि स्थानीयलाई हस्तान्तरण

बुटवल २१ मंसिर ।
रुपन्देहीको मर्चवार क्षेत्रको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यसहित नेपाली सेनाले हाटबजार निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको सामाजिक आर्थिक विकास पूर्वाधार अन्तर्गत गरुडदल गण रामनगर बुटवलले मर्चवारी गाउँपालिकाको वडा नम्बर ५ मा हाटबजार ट्रष्ट निर्माण गरेको हो ।हाटबजार एक कार्यक्रममकाबीच मर्चवारी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । आइतबार आयोजित हस्तान्तरण कार्यक्रममा २२ नम्बर बाहिनीपति सहायकरथी सुदर्शन सिलवालले गाउँपालिकाका अध्यक्ष केशवानन्द वानियाँलाई ट्रष्ट हस्तान्तरण गरेका छन् । सो अवसरमा बोल्दै बाहिनीपति सिलवालले जनतासँग गरिने यस्ता कार्यक्रमले नागरिक–सैनिक सम्बन्ध निर्माणमा विशेष महत्व राख्ने बताए । जनताहरु प्रत्यक्ष लाभाविन्त हुने कार्य सेनाले गर्न पाउनु उत्साहजनक रहेको उनले बताए ।
नेपाली सेनाले मर्चवार क्षेत्र स्वास्थ्य शिविरसहितका अन्य कार्यक्रम समेत गरिरहेको सहायक रथी सिलवालले बताए । उनले ट्रष्ट निर्माणमा स्थानीय नागरिक र पालिकाबाट सहयोग पाएकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।गाउँपालिका अध्यक्ष केशवनन्द बानियाले सेनाले निर्माण गरेको ट्रष्टले हाटबजार सञ्चालनमा ठूलो टेवा पुग्ने बताए ।उनले सेनाले मर्चवार क्षेत्रमा गर्ने गतिविधिले नागरिक उत्साहित बताएको बताए ।सेनाले सामाजिक आर्थिक विकासका पूर्वाधार कार्यक्रम अन्तर्गत १० लाख लागतमा ट्रष्ट बनाएको हो । पूर्वाधार निर्माणमा गाउँपालिकाले साढे ४ लाखको भौतिक सामग्री प्रदान गरेको छ । सो हाटबजारबाट ५ हजार किसान लाभान्वित हुने जनाइएको छ । नौवटा गाउँको बीचमा रहेको हाटबजारमा साप्ताहिक हाट शुरु गर्ने गाउँपालिकाले जनाएको छ ।रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments