Home रोचक एक डलरमा चट्टानको नमूना ?????????

एक डलरमा चट्टानको नमूना ?????????

काठमाडौं , मंसिर २२
नासाले एक कम्पनीलाई चन्द्रमाको सतहबाट चट्टान ल्याउनका लागि एक डलर भुक्तान गर्दैछ ।लुनार आउटपोस्ट नामक उक्त कम्पनीलाई नासाले हालै चन्द्रमाबाट ढुंगा ल्याउने ठेक्का दिएको हो । उक्त कम्पनीले अब नासाका लागि चन्द्रमाबाट चट्टानको नमूना ल्याउनेछ ।
नासाले निकै कम खर्चमा चन्द्रमाबाट यस्तै खाले नमूनाहरु संकलनका लागि लुनार आउटपोस्ट जस्तै विभिन्न चारवटा सम्झौता गरेको छ ।त्यसमा क्यालिफोर्नियास्थित मास्टेन स्पेस सिस्टम्स, टोक्योस्थित आइस्पेस तथा उसैको युरोपेली सहायक कम्पनी रहेका छन् ।नासाले ती कम्पनीहरुलाई चन्द्रमाको सतहबाट ढुंगा तथा माटो लगायतका नमूनाहरु संकलन गरेर ल्याउने जिम्मा दिएको हो ।
ती नमूनाहरु प्रतिनमूना ५० ग्रामदेखि ५ सय ग्रामको वजनको बीचमा हुनसक्ने नासाले जनाएको छ ।
नासाका प्रवक्ताले भनेका छन्, ‘यी कम्पनीहरुले हाम्रा लागि नमूना एकत्रित गर्ने छन् र हामीलाई दृश्य सबुत प्रदान गर्ने छन् । त्यसका साथै त्यससँग सम्बन्धित डाटा पनि दिने छन् । त्यसबाट चन्द्रमासँग सम्बन्धित अन्य जानकारीहरु पनि हामीलाई प्राप्त हुनेछन् ।’

लुनार आउटपोष्टका सिइओ जस्टिन साइरसले बीबीसीसँग भनेका छन्, ‘यो मिसन २०२३ मा हुने हो । तर हामी केही कम्पनीहरुसँग कुराकानी गरिरहेका छौँ जसको सहयोगले यसको सुरुवातको मिति केही पहिला पनि ल्याउन सकिनेछ ।’

अमेरिकाको कोलोराडोस्थ्ति लुनार आउटपोस्ट एक रोबोटिक्स कम्पनी हो । नासाका अनुसार उक्त कम्पनीले चन्द्रमाको दक्षिण ध्रुवबाट चट्टान एकत्रित गर्नका लागि एक अमेरिकी डलर प्राप्त गर्नेछ ।

तर उक्त मिसनका लागि जुन रकम नासाले ती कम्पनीहरुलाई दिनेछ त्यो वास्तवमा परिमाणमा नगन्य नै हो । तथापि नासासँगको सहकार्यले ती कम्पनीहरुलाई प्रेरणामात्र दिने छैन ती कम्पनीहरुलाई विभिन्न वैज्ञानिक लाभ पनि प्राप्त हुनेछन् । जस्तै ः चन्द्रमाको सतहबाट संशाधनहरु निकाल्ने अभ्यासका लागि समेत अनुमति मिल्नेछ ।

साइरसका अनुसार उक्त मिसनबाट ठूलो बदलाव आउनेवाला छ । खासगरी अन्तरीक्षको खोज सम्बन्धमा रहेको सोच पनि बदल्नेछ ।

साइरसको कम्पनी ब्लु ओरिजिन जस्ता अन्य कतिपय कम्पनीहरुसँग सम्पर्कमा छ । जो विशेष रुपबाट चन्द्रमासम्म उडान भर्ने काम गरिरहेको छ । अमेजनको संस्थापक जेफ बेजोसको ब्लु ओरिजिन स्थापनामा मुख्य भूमिका रहेको छ ।

जापानको जुन कम्पनीसँग नासाले सम्झौता गरेको छ, उसलाई पाँच हजार अमेरिकी डलर दिइनेछ र उक्त कम्पनी सन् २०२२ मा चन्द्रमाको उत्तरपूर्वी क्षेत्रबाट नमुना संकलन गर्नेछ ।

तीन किस्तामा मिल्नेछ एक डलर

अन्तरीक्ष विशेषज्ञ सिनिएड ओ सुलिभान भन्छन्, ‘अन्तरीक्ष कार्यक्रमका लागि एक अमेरिकी डलर जस्तो रकमको भुक्तान यहाँ महत्वपूर्ण होइन । तर यो महत्वपूर्ण छ कि नासाले यस्तो कार्यक्रमहरुमा भाग लिइरहेको छ र नयाँ उदाहरण पेश गरिरहेको छ ।’

उनका अनुसार उक्त कार्यक्रममा संलग्न पैसा महत्वपूर्ण होइन, तथापि पृथ्वीको बाहिर खरीदकर्ता र बिक्रेताहरुको बजार बनाउनका लागि व्यवसायिक तथा कानूनी मापदण्ड बनाउनका लागि चाहिँ महत्वपूर्ण नासाले बताएअनुसार तीनवटा कम्पनीहरुको पुरस्कारको भुक्तान ३ किस्तामा हुनेछ । पहिलो चरणमा कम्पनीहरुलाई १० प्रतिशत रकम भुक्तान हुनेछ, फेरि १० प्रतिशत रकम स्याटेलाइट लञ्च हुने बेलामा गरिन्छ । बाँकी ८० प्रतिशत चाहिँ नमूना संकलन भएको प्रमाणित भएसँगै हुनेछ ।

स्रोत : BBC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments