Home समाचार दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

दार्चुला २२ मंसिर ।
दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ आइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक आइतवार राति मालिकार्जनु—१ भर्तोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु घटनास्थलमै भएको हो ।

मृत्यु हुनेमा बैतडीको दोगेडाकेदार गाउँपालिका वडा नम्बर ५ न्वाली घर भएका चालक २४ वर्षीय शेर सिंह कार्की र अन्य नाम नखुलेका दुई जना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुस्कर सिंह ऐरीले जानकारी दिए ।
राति १० बजे ट्रक दुर्घटना भएको प्रहरीलाई खबर आउनासाथ धाप प्रहरी चौकी र दत्तु चौकीलाई दुर्घटना स्थलमा खटाइएको थियो । करीब ३ बजेसम्म प्रहरी टोलीले उनीहरुको उद्धार गरेर शवलाई जिल्ला अस्पताल पुर्याएको सूचना अधिकारी ऐरीले बताए । ट्रक सडकबाट करिब १२० मिटर तल खसेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments