Home जिल्ला समाचार बलिदानबाट समाज रुपान्तरण : नेता बलदेव

बलिदानबाट समाज रुपान्तरण : नेता बलदेव

कपिलवस्तु २२ मंसिर ।

नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री चन्द्रप्रकाश खनाल (बलदेवले) थुप्रै बुद्धिनारायण यादव जस्ता कार्यकर्ताको त्याग र बलिदानबाट मात्र समाज रुपान्तरणको दिशातर्फ उन्मुख भएको बताउनु भएको छ । कपिलवस्तुको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनु भएका नेकपाका नेता बुद्धिनारायण यादवको संझनामा सोमबार विठुवामा आयोजिक शोक सभालाई सम्बोधन गर्दै नेता खनालले यस्तो धारणा राख्नु भएको हो ।

पूर्वमन्त्री खनालले विगतमा आफुले जनताका सामु गरेका बाचाहरु कति पुरा भए भएन भन्ने विषय जनता स्वयमले नै मूल्यांकन गर्ने धारणा राख्दै जिल्लाको दक्षिण भेगमा रहेका तमाम समस्याहरु अझै पुरागर्नुपर्ने जिम्मेवारी रहेको बताउनु भयो । पार्टीका प्रभावशाली नेता समेत रहेका खनालले आफु जुनसुकै अवस्थामा रहेपनि जिल्लाको विकास निर्माणका सवालमा सधै आफ्नो तत्परता रहने जिकिर गर्नु भयो । 

श्रद्धाञ्जली सभामा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बुद्धिनारायण यादव कुशल संगठक, निष्ठावान, साहसी रहेको चर्चा गर्दै पार्टी सुख, दुःखमा परिवारजनको साथमा रहने बताउनु भयो । श्रद्धाञ्जली सभामा नेकपाका नेताहरु मेघराज ज्ञवाली, शान्तिदेवी चमार, जसपाका नेता रामलौटन तिवारीले शोक मन्तब्य राख्दै २०३३ साल देखी बामपन्थी आन्दोलनमा सक्रिय स्व.बुद्धिनारायण यादव जिल्लाको राजनैतिक,सामाजिक,सांस्कृतिक आन्दोलनमा अविस्मरणिय नाम रहने चर्चा गर्नु भयो ।

नेकपाका जिल्ला अध्यक्षता झविलाल पोख्रेलको अध्यक्षता र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु)को संचालनमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज गिरधारीलाल न्यौपाने, नेकपाका केन्द्रिय सदस्य डोर प्रसाद उपाध्याय, नेकपाका नेताहरु जनी बन्जाडे, प्रदेश सभा सदस्य सुष्मा यादव लगायतको आतिथ्यता रहनु साथै नेकपाका जिल्ला कार्यालय सदस्य डम्मर प्रसाद शर्मा, विजय जयशवाल, विष्णु गौतम, सरोज खनाल लगायतका नेकपाका नेता, कार्यकर्ता, शुभेच्छुकहरुको उपस्थिती रहेको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

साउदी सरकार र नेपाल सरकार बिच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस: मौलाना मशहूद

कपिलवस्तु, असोज, ७ साउदी अरब देशको ९१औ नेशनल डे को उवसरमा साउदी सरकार र साउदी...

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफी ले संविधान दिवसको शुभकामना दिदै कार्यन्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, असोज ३ आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा...

चाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर/कपिलवस्तु भाद्र २७ जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण...

नदिम अरशद इदरीसी द्वारा हरितालिका तिजको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र २४ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, सेवाको भावना भएको, मानवतावादी व्यक्तित्व भएका युवा नेता...

Recent Comments