Home खेलकुद बाणगंगामा खुला पुरुष डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

बाणगंगामा खुला पुरुष डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

२२ मंसिर, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगामा खुला पुरुष डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बाणगंगा नगरपालिका वडा नः ४ को कार्यलयमा पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराईएको हो । बाणगंगा नगरपालिका वडा नः ४ को आयोजना तथा शान्ति दिप युवा क्लवको संयोजनमा मंसिर २४ र २५ गते खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा प्रथम हुनेले रु ६६ हजार, द्धित्तिय हुनेले ३३ हजार र तृतिय हुनेले रु १६ हजार पाउने क्लवका अध्यक्ष शुसिल सिहं ठकुरीले बताए । प्रतियोगिता बुद्ध रगंशालाको कर्बड हलमा हुने उनले बताए । साथै प्रतियोगितामा कपिलवस्तु र रुपन्देही भन्दाका बाहिरका खेलाडीलाई एक दिनका लागी खान बस्न समेत ब्यवस्था गरिएको कर्बड हल निमार्ण समितिका अध्यक्ष खडक आलेले बताए ।आगु औषध दुब्र्यसन रहित स्वस्थ र सम्मुनत समाज निमार्णको लागी खेलकुद भन्ने उद्देश्यले प्रतियोगिता सञ्चालन हुन लागेको आयोजक बाणगंगा नगरपालिका वडा नः ४ का अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताए । साथै उनले कपिलवस्तु जिल्लालाई चिनाउन समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सम्मेलनमा वडा सदस्यहरु, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष क्षवि रेस्मी मगर, अखिल फुटबल संघका जिल्ला अध्यक्ष तिलक थापा, युवा समाजसेवी चन्द्रकान्त पोख्रेल लगायतको आतिथ्यता रहेको थियो । सो ब्याडमिन्टन प्रतियोगितामा काठमाडौं, हेटौडा तथा धनगडीका चर्चित खेलाडीको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

अक्सिजन नपाएर अस्पतालमै ८ संक्रमितको मृत्यु

30 वैशाख, बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु...

बैशाख ३० मा रमजान र ३१ शुक्रवारका दिन ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

२९, बैशाख, कपिलवस्तु आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी...

कपिलवस्तुमा जेष्ठ १० सम्म निषेधाज्ञा

२०७८ बैशाख २९ , कपिलवस्तु कपिलवस्तुमा बैशाख ३१ गतेसम्मको निषेधाज्ञा (लकडाउन) जेष्ठ १० सम्म थप हुने भएको छ...

तौलिहवा अस्पतालमा आउने अक्सिजन हाईज्याक, उपचाररत ५५ जनाको जीवन रक्षा गर्न अधिकारकर्मीको माग

कपिलवस्तु २८ बैशाख । कपिलवस्तु अस्पताल तौलिहवामा नियमित रुपमा आउने गरेको ५० सिलिण्डर अक्सिजन रुपन्देही प्रशासनको आदेशमा हाई ज्याक...

Recent Comments