२०७७, २२ मंसिर
एजेन्सी-भारत उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव पक्राउ पर्नु भएको छ । किसान आन्दोलनमा सहभागि समाजवादी पार्टीका नेता समेत रहेका यादवलाई प्रहरीले पक्राउ गरेको हो । उहाँ अहिले हिरासतमा रहनु भएको छ ।यादवलाई कन्नौज जानबाट रोक्नका लागि लखनउस्थित उनको घरबाहिर प्रहरीको बाक्लो उपस्थिति थियो ।
घरबाहिर निस्कँदा प्रहरीले रोकेपछि उनी आफ्ना पार्टीका कार्यकर्ताका साथमा सडकमै धर्ना बसेका थिए । धर्नामा बसेका अखिलेशका साथै समाजवादी पार्टीका अन्य केही कार्यकर्तालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।भारतको केन्द्र सरकारले जारी गरेको कृषी कानुनको विरोधमा किसानहरु आन्दोलित छन् ।