अराज बेल्बासे शितगंगा २२ मंसिर
अर्घाखाँचीकाे प्रसिद्ध सुपादेउराली नजिकै भिरवाट खसेर १ जनाकाे मृत्यु भएकाे छ । अर्घाखाँचीकै पाणिनी गाउपालिका ७ १९ बर्षिय अनिल आचार्य सुन्तला बेच्ने क्रममा भिर बाट खस्दा ज्यान गएकाे इप्रका ठाडाका प्रहरी निरिक्षक बाबूराम बस्नेतले जानकारी दिनु भयाे ।
मन्दिर नखुले पनि अान्तरिक प्रयटकहरु बढे सँगै सुपा देउरालीमा व्यापार बढ्न थाले सँगै अाचार्य समेत सुन्तला बिक्री गर्न सुपा देउराली अाउने गरेका थिए । भिरबाट झन्डै ३०० मिटर तल खस्दा घटना स्थलमै मृत्यु भएकाे प्रहरिले जनाएकाे छ उनकाे शव पोस्ट्माटमको लागि सन्धिखर्क जिल्ला हस्पिटल पठाइएको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभएको छ।