Home प्रदेश समाचार १ अर्ब २० करोड बजेट लुम्विनीका लागि

१ अर्ब २० करोड बजेट लुम्विनीका लागि

लुम्बिनी  २२ मंसिर ।

लुम्बिनी विकास कोषको परिषद बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गरेको छ । बैठकले आन्तरिकतर्फ २० करोड १८ लाख र संघीय सरकारको एक अर्ब रुपैयाँको बजेट पारित गरेको हो । त्यस्तै बैठकले आन्तरिक व्यवस्थापन कार्यविधि स्वीकृत गर्नुका साथै ग्लोबल बुद्धिष्ट फोरम गठन गर्ने विषयमा सैद्धान्तिक सहमति गरेको छ ।त्यस्तै परिषद बैठकले लुम्बिनी बृहत्तर क्षेत्र विकास कार्यक्रमको कार्यविधि पनि स्वीकृत गरेको छ ।

    लुम्बिनी विकास कोषको परिषद बैठक प्रत्येक ६–६ महिनामा बस्ने प्रावधान भएपनि गत फागुन यता बल्ल बैठक बसेको हो । बैठकलाई संबोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । लुम्बिनीको विकासका लागि धेरै अध्ययन भएकाले तिनै अध्ययनको आधारमा विकास गरिने उनको भनाइ छ ।

    नेपाल चिनाउने स्थल लुम्बिनी भएको उल्लेख गर्दै मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनी नेपालको गौरव भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments