Home Breaking News सर्वदलीय बैठकमा राप्रपाले उठायो राजासहितको लोकतन्त्रको विषय

सर्वदलीय बैठकमा राप्रपाले उठायो राजासहितको लोकतन्त्रको विषय

२३ मंसिर काठमाडाैं
-बालुवाटारमा मङ्गलबार बसेको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठकमा राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे कुरा उठेको छ ।प्रधानमन्त्री केपी ओलीले डाकेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे कुरा उठाएको हो ।

राप्रपाका नेता दीपक बोहराका अनुसार आफुहरुले राजतन्त्रसहितको लोकतन्त्र र हिन्दु राष्ट्रका विषयमा सर्वदलीय बैठकमा छलफल गर्न प्रस्ताव गरेपनि यसमा कुनै जवाफ नपाएको बताउनु भयो ।बैठकमा राजतन्त्रको पक्षमा सडकमा भइरहेको आन्दोलनबारे भने छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले भने कोरोनाको संक्रमण नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गर्नु भएको छ । यसअघि गएको वैशाख ३१ मा सर्वदलीय बैठक बसेको थियो ।त्यो बेला नेपाली भूमि मिचेर भारतले चीनसँग जोड्ने सडक निर्माण गरेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४ देखि जारी प्रतियोगिता सोमबार समापन हुँदै ।।

ओम प्रकाश पौडल । कपिलवस्तु । १६ फागुन ।बुद्धभूमि नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप प्रतियोगिता अन्तर्गत आइतबार पनि...

मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल

ओम प्रकाश पौडेल । १६ फागुन, कपिलवस्तु ।यहिफागुन ९ गते स्यांजा देखि बुटवल हुँदै कपिलवस्तु बोडगाउँ आउने क्रममा आफ््ना पिता हराई रहेकोले...

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

Recent Comments