Home समाचार थप १०४४ जनामा कोरोना संक्रमण

थप १०४४ जनामा कोरोना संक्रमण

२६ मंसिर, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२७१ रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ७१ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौमां ४०२, ललितपुरमा १०५, कास्कीमा ४५, मोरङमा ३७, सिराहामा ३६, भक्तपुरमा ३४, झापा र काभ्रेपलाञ्चोकमा २४/२४, अछाममा १९, मकवानपुरमा १६, दाङ, कैलाली र कञ्चनपुरमा १५/१५, पाल्पामा १३ र गोरखामा १० जना संक्रमित भेटिएका छन् । त्यस्तै धादिङ, रामेछाप र लमजुङमा ९/९, नवलपरासीमा ८, धनुषा, नुवाकोट, स्याङ्जा, बर्दिया र डडेल्धुरामा ६/६, सिराहा, दोलखा, सिन्धुपाल्चोक र नवलपरासी पूर्वमा ५/५, बाग्लुङ, अर्घाखाँची र सुर्खेतमा ४/४ जना संक्रमित भेटिएका छन् ।
धनकुटा, संखुवासभा, बारा, महोत्तरी, रौतहट, सप्तरी, पर्वत, कपिलवस्तु, गुल्मी, बझाङ र बैतडी ३/३, ओखलढुंगा, सर्लाही, रसुवा, तनहुँ, प्युठान, जुम्ला र सल्यानमा २/२, इलाम, उदयपुर, खोटाङ, सिन्धुली, मुस्ताङ, म्याग्दी, कालीकोट, जाजरकोट र डोटीमा १/१ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments