Home जिल्ला समाचार मानव अधिकार दिवसको अवसरमा वृहत् रक्तदान

मानव अधिकार दिवसको अवसरमा वृहत् रक्तदान


२६ मंसिर, कपिलवस्तु ।
मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा कपिलवस्तुले वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदानबारे जानकारी दिँदै समाजले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सभापति गोविन्द पोख्रेलले डेढ सय पोका रगत संकलन गर्ने लक्ष्य राखिएको बताउनु भयो ।
रक्तदान सि एण्ड सि हस्पिटलमा विहान ९ बजेदेखि १ बजेसम्म हुने पनि उहाँले जानकारी दिनुभयो । रगत नपाए कपिलवस्तु जाऔँ भन्ने नारालाई सफल बनाउन आफूहरु यस कार्यमा लागेको उहाँको भनाई छ । पोख्रेलले यो सबैको कार्यक्रम भएकाले सहभागी हुन समेत उहाँले आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा सि एण्ड सि हस्पिटलका डा. प्रकाश श्रेष्ठले जिल्लामा रगतको अभाव हुन नदिन सबै कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो । रगत दान गर्दा शरीरलाई कहिल्यै हानी नहुने उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नेपाली महिलाको कपडा च्यातिदिएपछि सिमामा प्रदर्शन

भैरहवा २० फागुन ।  हिजो साझ भारतीय सिमा सुरक्षा बलका प्रहरीले स्थानीय महिलाको कपडा च्यातिदिएपछि नेपाल भारत...

सन्धिखर्क नगरपालिकाले कृषकलाई बिना धितो कृषि ऋण प्रदान गर्ने ।।

अर्घाखाँची १९ फागुनसन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि गर्ने कृषकहरुलाई बिना धितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । विदेशबाट फर्किएका र...

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा दुर्घटनामा १३को मृत्यु

काठमाडौ :  अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा भएको एक सवारी दुर्घटनामा कम्तिमा १३ जनाको मृत्यु भएको छ।उनीहरुमध्ये १०...

म्यानमारमा सुरक्षाफौजको गोली लागेर ३८ जनाको मृत्यु

काठमाडौं :  म्यानमारमा लोकतन्त्रमाथि कू गरेको सैनिक शासक क्रुर बन्दै गएको छ। प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको...

Recent Comments