Home प्रदेश समाचार राजसंस्थाको पक्षमा रुपन्देहीमा प्रदर्शन

राजसंस्थाको पक्षमा रुपन्देहीमा प्रदर्शन

२६ मंसिर, बुटवल
राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै शुक्रबार रुपन्देहीमा प्रदर्शन भएको छ । शिव सेना नेपालको आयोजनामा तिलोत्तमाको भलबारीबाट भैरहवासम्म मोटरसाइकल तथा कार र्याली प्रदर्शन भएको हो ।


गाडीमा पृथ्वीनारायण शाहको तस्वीर राखेर राष्ट्रिय झण्डासहित सुरु भएको र्याली भलबारीबाट बुद्धचोक, लुम्बिनी रोड, गल्लामण्डी, मिलनचोक,देवकोटाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, केन्द्रीय सदस्य अनिल जैसवाल,रुपन्देही अध्यक्ष विपिन मल्लिक लगायतले सम्बोधन गरेका थिए । उनीहरुले राष्ट्रिय एकता, अखण्डता र धर्म रक्षाका लागि राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापना गरिनुपर्ने धारणा राखेका थिए ।
राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको लागि हुने जुनसुकै प्रदर्शनमा पनि सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले विज्ञप्ति नै निकालेर अपील गरेको थियो । बिहीबार पनि भैरहवामा राजावादीहरुले गणतन्त्र खारेजीको माग गर्दै वृहत प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुको कृष्णनगरमा १११ औं अन्तर्राष्ट्रीय महिला दिवस भव्यताका साथ मनाइयो

कृष्णनगर, फाल्गुन २४ महिला सुरक्षा,सम्मान र रोजगार समृद्ध नेपाल को आधार...

पुरुषबारे महिलाले थाहा पाउनै पर्ने १० रोचक तथ्य

पुरुषहरु बाहिरबाट कठोर स्वभावको हुन्छन् । उनीहरु भित्रबाट निकै नै कोमल पनि हृदयका हुन्छन् । भन्न त धेरैले सजिलै भनिदिन्छन्, ‘मर्दलाई सानो...

इक्वेटोरियल गिनीमा श्रृंखलावद्ध विस्फोट, १७ जनाको मृत्यु

२४ फागुन । मध्य–अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा लगातार भएको बम विस्फोटमा १७ जनाको मृत्यु भएको छ। सयौं मानिसहरू घाइते...

सहकारीका माध्यमबाट समाजलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपले नै रुपान्तरण गर्नु पर्ने: मन्त्री पौडेल

नेपालगञ्ज २४ फागुन । लुम्बिनी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले विपन्न समुदायको सारथीको रुपमा...

Recent Comments