कपिलवस्तु, मंसिर २६
कपिलवस्तुमा ६० वर्षको बुवाबाट ६ वर्षकी आफ्नी छोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । जिल्लाको बुद्धभुमी नगरपालिकामा भएको उक्त घटनामा बुवाबाट पटक पटक छोरी बलात्कृत भएको घटना खुल्न अाएको हो । मङ्सिर १० गते राती बलात्कृत भए पछि ती बालिकाले २ दिन पछि घर नजिकैका छिमेकीलाई घटना बताएकी थिइन ।
छिमेकी महिलाले घटनाको जानकारी पाए पछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा खबर गरेको महिलाको भनाई छ । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण रानाले बताए । तिन वर्ष अगाडी ती वालिकाको आमाले अर्को बिहे गरेर हिँडे पछि घरमा बुवा छोरी मात्र बस्दै आएका थिए ।