Home विदेश बंगलादेश र भारतबीच उर्जा क्षेत्रमा नेपालसँग सहकार्य गर्ने सहमति

बंगलादेश र भारतबीच उर्जा क्षेत्रमा नेपालसँग सहकार्य गर्ने सहमति

२ पुस, काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको बीचमा नेपाल, बंगलादेश र भारतको बीचमा उर्जा क्षेत्रमा उपक्षेत्रीय सहकार्य गर्ने विषयमा सहमति भएको छ ।
दुई देशको बीचमा बिहीबार भएको भर्चुअल समिटमा सो विषयले प्राथमिकता पाएको हो । मोदी र हसिनाको बीचमा भएको सहमतिमा भनिएको छ,‘हरित, स्वच्छ र नवीकरणीय उर्जाका क्षेत्रमा अगाडि बढ्ने दुवै देशको प्रतिवद्धता अनुसार नेपाल र भूटानसँग उपक्षेत्रीय सहकार्यलाई सुदृढ बनाउने विषयमा सहमति भएको छ ।’
दुई देश पानी र उर्जा कनेक्टिभिटीलाई सुदृढ बनाउने सम्बन्धमा समेत कुराकानी भएको छ । बंगलादेशले नेपालको उर्जा क्षेत्रमा लगानी गरी जलविद्युत लैजाने योजना बनाएको छ । तर, ग्रिड कनेक्टीभिटीको लागि भारतको भर पर्नुपर्ने अवस्था छ ।त्यसैले उर्जाको क्षेत्रमा तीन देशीय संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । नेपालको उर्जा बंगलादेश लैजान सहजीकरण गरिदिन बंगलादेशले भारतलाई आग्रह गरिरहेको छ ।
यस अगाडि सन् २०१६ मा भारत भ्रमणको समयमा पनि हसिनाले यो विषय निकै जोडतोडका साथ उठाएकी थिइन् । सहजीकरणका लागि आफू सकारात्मक रहेको भारतले जनाएपनि उसले खासै चासो दिएको छैन् ।केही दिन अगाडि भएको नेपाल र भारतका उर्जा सचिवको बैठकमा नेपालले सो विषय उठाएको थियो । तर भारतले सो संयन्त्रमा सो विषयमा वार्ता हुन नसक्ने जवाफ दियो । झण्डै डेढ वर्ष अगाडि यस विषयमा कुराकानी गर्नका लागि भारतले त्रिपक्षीय बैठक बोलाउने प्रतिवद्धता जनाएको थियो तर अहिलेसम्म बैठक बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४ देखि जारी प्रतियोगिता सोमबार समापन हुँदै ।।

ओम प्रकाश पौडल । कपिलवस्तु । १६ फागुन ।बुद्धभूमि नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप प्रतियोगिता अन्तर्गत आइतबार पनि...

मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल

ओम प्रकाश पौडेल । १६ फागुन, कपिलवस्तु ।यहिफागुन ९ गते स्यांजा देखि बुटवल हुँदै कपिलवस्तु बोडगाउँ आउने क्रममा आफ््ना पिता हराई रहेकोले...

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

Recent Comments