Home समाचार क्रसर उद्योग बन्द गर्न निर्देशन

क्रसर उद्योग बन्द गर्न निर्देशन

३ पुस, वीरगञ्ज ।
बारामा जिल्ला समन्वय समितिले नियम विपरीत सञ्चालन भएका ७ वटा क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।समितिले ढुङ्गा गिट्टी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ अनुसार तत्काल क्रसर उद्योग बन्द गर्न निजगढ नगरपालिकालाई निर्देशन दिएको हो ।


नेपाल क्रसर उद्योग, हिमाल क्रसर उद्योग, लाल बकैया क्रसर उद्योग, चौलागाई क्रसर उद्योग, वैष्णवी क्रसर उद्योग, श्री बकैया क्रसर उद्योग र दंगाल क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।सभापति नवल किशोर साहसहितको टोलीले दुई दिनअघि क्रसर उद्योगहरुको अनुगमन गरेको थियो ।


जिल्लामा समन्वय समितिको सभापतिको संयोजकत्वमा नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री सम्बन्धी प्रक्रियाको अनुगमन गर्ने समिति हुन्छ । उक्त समितिले जुनसुकै बेला अनुगमन गरेर उत्खनन र संकलनकर्तालाई आवश्यक निर्देशन दिन सक्ने व्यवस्था मापदण्डमा छ ।


क्रसर उद्योगहरुको स्थलगत अनुगमन निरीक्षण हुँदा बकैया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ संकलन गरेर भण्डारण गर्ने गरेको पाइएको अनुगमन समितिले जनाएको छ ।जिल्ला समन्वय समिति बाराका सभापति साहले विगतमा जसरी सञ्चालनमा रहेको भएपनि अब प्रक्रिया पूरा गरेर मात्रै सञ्चालन आउन दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments