Home जिल्ला समाचार पत्रकारको नाममा आचार संहिता बिपरित काम गर्नेलाई महासंघले कडा कारबाहि गर्ने

पत्रकारको नाममा आचार संहिता बिपरित काम गर्नेलाई महासंघले कडा कारबाहि गर्ने

कपिलवस्तु ३ पुस ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुले पत्रकारको नाममा आचार संहिता बिपरित काम गर्नेलाई कडा कारबाहि गर्ने भएको छ । पत्रकारको नाम लिएर कहि कतै गलत काम गरेको तथ्य सहित लिखित उजुरी आएमा संबन्धित पत्रकारको साधारण सदस्य नरहने गरि कारवाहि गरिने कठोर निर्णय गरिएको छ । संघको विहिवार तौलिहवा आफ्नै भवनमा बसेको बैठकले उक्त कुराको निर्णय गरेको हो ।


मर्यादित पेशाको गरिमा बढाउनु पर्ने , सहि सुचना जनतालाई दिनु पर्ने , शान्ति कायम गर्ने सन्देश , सुचना र ज्ञानमुलक समाचार जनसमक्ष पस्किनु पर्ने संघका अध्यक्ष डिलाराम भुषालले बताउनु भयो । पत्रकारीतामा मेहनत र अध्ययन गर्नेका लागि पारिश्रमिक राम्रो भएको जनाउदै अध्यक्ष भुषालले पत्रकारको नाममा काम नगर्ने पारिश्रमिक छैन भन्दै झोला बोकेर हिड्ने , आचारसंहिता बिपरित काम गर्नेले अरु पेशा व्यवसाय गरेर बस्नु पर्ने स्पष्ट पार्नु भयो । साथै महासंघमा सदस्यताको शुद्धिकरण गरिने समेत उहाँले बताउनु भयो ।

वैठकले संघको साधारण सभा यहि आउदो पुष २८ गते गर्ने निर्णय गरेको छ । त्यस्तै गरि महासंघको बाणगंगा ८ मा रहेको नवनिर्मित सुचना केन्द्रको भवन यहि पुष ७ गते विहान ८ वजे संघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यद्धारा उद्घाटन गरिने भएको छ । उक्त कार्यक्रममा संघका सबै सदस्यहरुलाई सहभागी हुन बैठकले आग्रह गरेको छ । वैठकको सञ्चालन संघका सचिव हरि अधिकारीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४ देखि जारी प्रतियोगिता सोमबार समापन हुँदै ।।

ओम प्रकाश पौडल । कपिलवस्तु । १६ फागुन ।बुद्धभूमि नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप प्रतियोगिता अन्तर्गत आइतबार पनि...

मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल

ओम प्रकाश पौडेल । १६ फागुन, कपिलवस्तु ।यहिफागुन ९ गते स्यांजा देखि बुटवल हुँदै कपिलवस्तु बोडगाउँ आउने क्रममा आफ््ना पिता हराई रहेकोले...

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

Recent Comments