Home समाचार पार्टीभित्रै छाया सरकार’माथि प्रश्न

पार्टीभित्रै छाया सरकार’माथि प्रश्न


३ पुस, काठमाडौं ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको निगरानीका लागि गठन गरेको ‘छाया सरकार’माथि पार्टीभित्रै प्रश्न उठेको छ ।
‘सरकार भन्दा छाया सरकार अझ लाचार’ भएको भन्दै नेताहरुले नेतृत्वसमक्ष छाया सरकार हेरफेरको माग राखेका छन् ।संघीय संसदको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले शुक्रबार बोलाएको संसदीय दल कार्यसमितिको बैठकमा केही सांसदहरुले छाया सरकारकै आलोचना गरे ।
कांग्रेसले एउटा मन्त्रालय तीन जनासम्म सांसदलाई जिम्मा दिएर ६ जेठ ०७६ मा २५ सदस्यीय छाया सरकार घोषणा गरेको थियो । तर, छाया मन्त्रीहरुले हालसम्म के गरे, प्रगति के छ भनेर पार्टीमा समिक्षा हुन नसकेको नेता राजभण्डारीले बताए । उनको प्रश्न छ, ‘छाया मन्त्री भएर संसदमा कम जाने, विदेश घुमेर बस्ने, अनि अरु माथि मात्रै प्रश्न उठाएर हुन्छ ?’
कांग्रेस नेता प्रकाशमान सिंहले ‘कुन कुन छाया मन्त्रीले के के गर्नुभयो त्यो सेयर गर्नुपर्‍यो र आवश्यक परे जिम्मेवारी हेरफर गर्नुपर्‍यो ।’बैठकमा सहभागी नेताहरुका अनुसार छाया सरकारको काम कारबाहीमाथि प्रश्न उठेपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले छाया मन्त्रीहरुको कामको समीक्षा हुने बताएका छन् ।
यसैगरी, छाया सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षाको डिला संग्रौला, सञ्चार तथा सूचना प्रविधिमा बहादुरसिंह लामा, भूमिसुधार लक्ष्मी परियार, संघीय मामिला तथा सामान्य प्रशासन अतहर कमाल मुसलमान, कृषिको पद्मनारायण चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक उमा रेग्मी, वन तथा वातावरण राजेन्द्र केसी, कानुन तथा संसदीय मामिला राधेश्याम अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा सञ्जयकुमार गौतमले पाएका थिए ।
उनीहरुलाई सरकारका सम्बन्धित मन्त्रालयका मन्त्रीले गरिरहेका काम कस्ता छन् भन्ने सुक्ष्म अध्ययन र विश्लेषण गरी गलत काम गरे सच्याउन खबरदारी गर्ने जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

वाणगंगा स्तरिय डोरीतान संगठन गठन

ओम प्रकाश पौडेल । कपिलवस्तु । १२ फागुन । कपिलवस्तु डोरीतान संघको आयोजनमा वाणगंगा नगरस्तरिय...

१३ दिनभित्र संसद बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनर्स्थापना काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

Recent Comments