Home प्रदेश समाचार मालपोत प्रमुख खडका विरुद्ध भ्रष्टाचार मुद्धा

मालपोत प्रमुख खडका विरुद्ध भ्रष्टाचार मुद्धा

दाङ २ पुस ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय दाङका प्रमुख नरेशकुमार खड्कासहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले खड्कासहित मुद्दा फाँटका नायब सुब्बा केशवराज अधिकारी, मोठफाँटका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेविरुद्ध बिहीबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।


सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने क्रममा ३ लाख २० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । अनुसन्धानको क्रममा सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने प्रक्रियाका क्रममा स्थलगत सर्जमिन गर्ने काम अड्काएर सेवाग्राहीलाई घुस दिन बाध्य पारेको आरोप पत्रमा उल्लेख छ ।
चारैजनाको आपसी मिलोमतोमा कार्यालय सहयोगी मिनराज गैरेले सेवाग्राहीसँग उक्त रकम घुस लिएको पुष्टि हुन आएकोले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता अधिकारीले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments