Home जिल्ला समाचार शान्ति सुव्यवस्था कायम गर्न प्रदेश सरकार गम्भिर भएर लागेको छ: कानूनमन्त्री

शान्ति सुव्यवस्था कायम गर्न प्रदेश सरकार गम्भिर भएर लागेको छ: कानूनमन्त्री

कपिलवस्तु २ पुस ।
लुम्बिनी प्रदेशबासीले अपेक्षा गरे अनुरुपको शान्ति सुव्यवस्था कायम गर्न प्रदेश सरकार गम्भिर भएर लागेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बताउनु भएको छ । बिहिबार कपिलवस्तुको तौलिहवामा आयोजित जिल्ला स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री केसीले यस्तो बताउनुभएको हो । उहाले अहिलेसम्म मन्त्रालयले प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्दै आइरहेको र त्यसमा पनि जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको मात्र उपस्थिति रहँदै आएको बताउनुभयो ।
तर अबदेखि प्रत्येक जिल्लामा पुगेर सबै माथि देखी तल्ला तहका सुरक्षा निकायका युनिटहरुसँग बसेर सुरक्षा चासोमा छलफल गर्ने र गुनासाहरु सुन्ने कार्यक्रमलाई अघि बढाईरहेको वताउनु भयो । यसैक्रममा बिहिबार कपिलवस्तुमा पनि आएको बताउदै प्रहरीहरुबिचको सम्बन्ध तथा समन्वयलाई मजबुद बनाउदै उनीहरुका समस्याको हल खोजिने स्पष्ट पार्नूभयो ।


जिल्लामा कोभिडको पछिल्लो अवस्थाका साथसाथै सबै सुरक्षा युनिटहरुको सुरक्षाको अवस्था, भौतिक संरचनाको अवस्था, बिकास, अपराध, सीमाको अवस्था तथा अन्य समस्याहरु के के छन ती सबैको निकास निकाल्नका लागि जिल्लामा सुरक्षा गोष्ठीको आयोजना गरिएको मन्त्री केसीले चर्चा गर्नु भयो । मन्त्री केसीले आगामी दिनमा सुरक्षा रणनीति तयार पार्न र सुरक्षा अवस्थालाई थप सुदृढ गर्न गोष्ठीबाट आएका निष्कर्षले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
गोष्ठीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जिल्ला भित्रका सबै सुरक्षा निकायकाहरुको पछिल्लो समग्र अवस्था ,समस्या ,चुनौती लगाएत बिषयमा मन्त्री समक्ष जानकारी गराउनु भएको थियो । सुरक्षा गोष्ठीमा जिल्ला सबै सुरक्षा निकायका माथिल्ला देखी तल्ला निकायका युनिटहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका...

बकर इदमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयको राष्ट्रीय मदरसा संघ द्वारा स्वागत

कृष्णनगर, कपिलवस्तु सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम...

मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय...

Recent Comments