Home Breaking News राष्ट्रपतिद्धारा प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन

राष्ट्रपतिद्धारा प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन

५ पुस, काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको छ ।आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको बताएका थिए ।


तर राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् । उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनसमेत तोकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

बुद्धभूमिमा जारी खेलकुद अन्तर्गत आइतबार पनि विभिन्न स्पर्धा सम्पन्न ।। फागुन १४ देखि जारी प्रतियोगिता सोमबार समापन हुँदै ।।

ओम प्रकाश पौडल । कपिलवस्तु । १६ फागुन ।बुद्धभूमि नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप प्रतियोगिता अन्तर्गत आइतबार पनि...

मानिस हराएकोले खोजि गरिदिनुहुन परिवारको अपिल

ओम प्रकाश पौडेल । १६ फागुन, कपिलवस्तु ।यहिफागुन ९ गते स्यांजा देखि बुटवल हुँदै कपिलवस्तु बोडगाउँ आउने क्रममा आफ््ना पिता हराई रहेकोले...

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा

ओम प्रकाश पौडेल । कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु...

जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु, फाल्गुन १२ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त...

Recent Comments