Home जिल्ला समाचार पत्रकार महासंघ कपिलवस्तुको भवन उद्धघाटन

पत्रकार महासंघ कपिलवस्तुको भवन उद्धघाटन

पुष ७ कपिलवस्तु ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले निर्माण गरेको शाखाको भवन आज औपचारीक उद्धघाटन गरिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित बोडउँमा निर्माण सम्पन्न भवनको नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले उद्ध्घाटन गर्नुभएको हो । भवन उद्धघाटन गर्दै अध्यक्ष आचार्यले पत्रकारहरुको एकताबद्ध गराउने अभियानमा नेपाल पत्रकार महासंघ क्रियाशिल रहेको बताउनुभयो ।


उहाँले कपिलवस्तु शाखाले पत्रकारीता जगतमा देखाएको सक्रियताकै कारण आज आफ्नै भवन छोटो समयमा बन्न पुगेको बताउनुभयो । त्यस्तै उहाँले सबै पत्रकारहरु अटाउने साझा घर नेपाल पत्रकार महासंघ भएको भन्दै देशको विषम परिस्थितिमा बढो संयम र सजगताका साथ आफ्नो कलम चलाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।
अन्य जिल्लामा पत्रकार महासंघले आफ्नो जग समेत बसाल्न नसकिरहेका बेला कपिलवस्तु शाखाले देखाएको सक्रियताले जिल्लामा पत्रकारीताको जग बलियो बनेको पनि उहाँले बताउनुभयो ।

नवनिर्मित भवनको उद्धघाटन सँगै सोही भवनमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले पहिलो पटक जिल्लाका क्रियाशिल पत्रकारहरुका लागि पत्रकार आचारसंहिता विषयक एक अन्र्तक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ । अन्र्तक्रियामा प्रेस काउन्सिल नेपालका प्रशासकिय प्रमूख झबिन्द्र भुसालले पत्रकारको आफ्रनै आचारसंहिता भएको भन्दै सोही अनुसार पत्रकारीतामा आगडि बढ्ना कपिलवस्तुका पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । उहाँले देशको वर्तमान परिस्थितलाई समाचार बनाउँदा धेरैखाले त्रुटि हुन सक्नै भन्दै निश्पक्ष र तथ्यपरक विषयवस्तुलाई मात्रै उठाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष डिलाराम भुषालको अध्यक्षता सहित केन्द्रीय सदस्य वसन्त गिरी, वडा अध्यक्ष गुणनिधी भुसाल, प्रेस युनियनका जिल्ला सभापती गोपाल भन्डारी लगाएतको आतिथ्यता रहेको थियो ।

आज उद्धघाटन गरिएको शाखाको भवन कुल चालीस लाखको लागतमा निर्माण सम्पन्न भएको शाखाले जनाएको छ । भवनको तेस्रो तल्ला सम्म बनाउने योजना रहेको साखा अध्यक्ष डिलाराम भुसालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

अक्सिजन नपाएर अस्पतालमै ८ संक्रमितको मृत्यु

30 वैशाख, बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु...

बैशाख ३० मा रमजान र ३१ शुक्रवारका दिन ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

२९, बैशाख, कपिलवस्तु आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी...

कपिलवस्तुमा जेष्ठ १० सम्म निषेधाज्ञा

२०७८ बैशाख २९ , कपिलवस्तु कपिलवस्तुमा बैशाख ३१ गतेसम्मको निषेधाज्ञा (लकडाउन) जेष्ठ १० सम्म थप हुने भएको छ...

तौलिहवा अस्पतालमा आउने अक्सिजन हाईज्याक, उपचाररत ५५ जनाको जीवन रक्षा गर्न अधिकारकर्मीको माग

कपिलवस्तु २८ बैशाख । कपिलवस्तु अस्पताल तौलिहवामा नियमित रुपमा आउने गरेको ५० सिलिण्डर अक्सिजन रुपन्देही प्रशासनको आदेशमा हाई ज्याक...

Recent Comments