Home प्रदेश समाचार गौतमबुद्ध विमानस्थलमा एडीबीले थप पौने १८ अर्ब ऋण दियो

गौतमबुद्ध विमानस्थलमा एडीबीले थप पौने १८ अर्ब ऋण दियो

८ पुस, काठमाडौं ।
गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको संरचना निर्माण गर्न एसियाली विकास बैंकले १५ करोड अमेरिकी डलर (पौने १७.८८ अर्ब रुपैयाँ) ऋण लगानी गर्ने भएको छ । अर्थ मन्त्रालय र एसियाली विकास बैंकबीच उक्त वित्तीय लगानी सम्बन्धमा हस्ताक्षर भएको छ ।
दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग(सासेक) अन्तर्गत विमानस्थल क्षमता अभिवृद्धि परियोजनामा यो रकम खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपालका लागि अफिसर इन्चार्ज रुडी लुसी डेन्डरिक्स भान डेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त अवसरमा नदी र बाढीजन्य प्रकोप नियन्त्रण परियोजनाका लागि समेत एडिबीबाट ४ करोड अमेरिकी डलर (पौने ५ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण र १ करोड अमेरिकी डलर -१ अर्ब १८ करोड रुपैयाँ) बराबरको अनुदानका लागि सम्झौता भएको छ ।अर्थ मन्त्रालयका अनुसार गौतमबुद्ध विमानस्थलका लागि प्राप्त हुने यो रकम विमानस्थलको क्षमता अभिवृद्धिमा खर्च हुने छ । जसमा दोस्रो टर्मिनल विल्डिङ निर्माणको काम पर्छ ।
समानान्तर ट्याक्सी वे निर्माण, जहाजहरु राख्ने हृयांगर निर्माणमा खर्च हुने भएको छ । नदि र बाढीजन्य जोखिम नियन्त्रण परियोजनाका लागि आएको रकम भने बाढी नियन्त्रणका लागि आवश्यक संरचना निर्माण, बाढीको पूर्वसूचना दिने संयन्त्र निर्माण र क्षति नियन्त्रणमा खर्च गरिने भएको छ । यो ऋण सम्झौतामा हस्ताक्षर भएको ९० दिन भित्र कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नेपाली महिलाको कपडा च्यातिदिएपछि सिमामा प्रदर्शन

भैरहवा २० फागुन ।  हिजो साझ भारतीय सिमा सुरक्षा बलका प्रहरीले स्थानीय महिलाको कपडा च्यातिदिएपछि नेपाल भारत...

सन्धिखर्क नगरपालिकाले कृषकलाई बिना धितो कृषि ऋण प्रदान गर्ने ।।

अर्घाखाँची १९ फागुनसन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि गर्ने कृषकहरुलाई बिना धितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । विदेशबाट फर्किएका र...

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा दुर्घटनामा १३को मृत्यु

काठमाडौ :  अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा भएको एक सवारी दुर्घटनामा कम्तिमा १३ जनाको मृत्यु भएको छ।उनीहरुमध्ये १०...

म्यानमारमा सुरक्षाफौजको गोली लागेर ३८ जनाको मृत्यु

काठमाडौं :  म्यानमारमा लोकतन्त्रमाथि कू गरेको सैनिक शासक क्रुर बन्दै गएको छ। प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको...

Recent Comments